29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियस्वाब पठाएको १० दिनसम्म पनि रिपोर्ट आएन

स्वाब पठाएको १० दिनसम्म पनि रिपोर्ट आएन

जाजरकोटमा अब पिसिआर परीक्षण नगरिने
जाजरकोट । जाजरकोटमा हालै भारतबाट आएका दुई हजार तीन सय बढी नागरिक जिल्लाका विभिन्न क्वारेन्टाइनमा छन् । तीमध्ये कोरोना पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएका सात सय ४८ जना मध्ये चार सय ४८ जनाको रिपोर्ट अझै आउन सकेको छैन । तीन सयको रिपोर्ट आएकोमा बारेकोट गाँउपालिकामा एक प्रहरीसहित चार जनामा कोरोनाको संक्रमण देखिएको छ ।

छेडागाड, भेरी र शिवालयबाट स्वाब संकलन गरी पठाएको १० दिन बितिसक्दा पनि रिपोर्ट आउन नसकेपछि क्वारेन्टाइनमा अन्यौल देखिएको छ । सुरुमा भारतबाट आएका सवैको पिसिआर परीक्षण गर्ने जनाएको सरकारले कार्यविधि परिवर्तन गरेर नगरे पनि हुने निर्णय गरेको छ । कर्णालीका विभिन्न जिल्लाको भार जुम्ला र सुर्खेत स्थित प्रयोगशालाले थेग्न नसकेपछि स्वाब संकलन कार्य बन्द गरिएको छ ।

अबदेखि १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी गरेर पोजिटिभ देखिएपछि मात्र पिसिआर गर्ने निर्देशन आएकोले स्वाब संकलन कार्य बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए । जाजरकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाबासी त्रसित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments