दाङ । स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।
दाङको राजपुर गाउँपालिकामा २५ वर्षीया ल्याब असिस्टेन्टमा मंगलबार कोरोना संक्रमण भेटिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
उनी स्वाब संलकनका लागि खटिँदै आएकी स्वास्थ्यकर्मी रहेको चन्दले बताए । ती स्वास्थ्यकर्मीमा संक्रमण भेटिएपछि मंगलबारै मौरीघाटस्थित कोरोना उपचार आइसोलेसन सेन्टरमा राखिएको चन्दले जानकारी दिए ।