29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedस्वास्थ्यकर्मि कुट्ने प्रहरीलाई कार्वाहीको माग

स्वास्थ्यकर्मि कुट्ने प्रहरीलाई कार्वाहीको माग

धरान / धरान ६ पानबारिमा एकजना स्वास्थ्यकर्मिलाई प्रहरीले कुटेको भन्दै धरान उपमहानगरमा कार्वाहीको लागि लिखित उजुरी दिएको छ।

बिहिवार बिहान करिब ७:३० बजे बिष्णुपादुकाका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटेको छ। असिस्टेन्ट खनाललाई पानबारी प्रहरी सई बिबि राउतले एक्कासि हातपात गरेको भन्दै बिहिवार उपमहानगरमा उजुरी दिएको हो। असिस्टेन्ट खनालले आफू नियमित रुपमा बिगत चार दिन देखि एकजना बिरामिले घरमा उपचारको लागि बोलाएको जाँदैगरेको बताए।त्यही क्रममा बिहिवार पुण्य भण्डारीको बुबालाई जाँच्ने क्रममा एक्कासि हातपात गरेको बताए । उच्च रक्तचाप र दमका बिमारी भएकोले जाँच्न निलाएकोले गएको बताए। आफुले परिचयपत्र देखाउदा पनि नसोधी कुटपिट गरेको बताए। आफ्नो घर धरान १५ मा रहेकोले बोलाएको हेर्न गएको बताए ।उनले कुरा सुन्दै नसुनी कुटेको बताए । धरानमा रहेका सबै स्वास्थ्यकर्मीहरुले मेयर तिलक राई उप मेयर मन्जु भण्डारी समक्ष कार्वाहीको लागि लिखित निवेदन दिएको हो।

यस बिषय इलाका प्रहरी कार्यालय धरानका डिएसपीसंग कुरा गरिसकेको मेयर तिलक राईले बताए। सबै स्वास्थकर्मिलाई उच्च मनोबलकासाथ आ आफ्नो कार्यक्षेत्रमा खटन आग्रह गरे। उपमहानगरको निर्णय अनुसार प्रहरी लाग्नुपर्ने भन्दै डिएसपीसंग त्यही अनुसारको कुरा अगाडि बढाएको मेयरले बताए। आफ्नो कार्यक्षेत्रमा जाँदा कसैबाट बाधा ब्याब्याबधान भएको खन्डमा मेयर उपमेय्र र प्रशासकीय अधिकृतसंग तत्काल फोन गर्न आग्रह गरे।खनाल माथी कुटपिट भएको बिषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डिराज न्यौपानेलाई बोलाएको भन्दै पीडित पक्ष सहित बसेर छलफल गरिने आश्वासन दिए। मेयर राईले आगामी दिनमा यस्तो दुव्र्यवहार हुन नदिने समेत प्रतिवद्द्ता जनाए।साथै मेयर राईले खोपको बिषयमा समेत चासो देखाउदै आगामी बैशाख १५ गतेपछि कसरी जान सकिन्छ भन्ने तयारी गर्न सुझाव दिए।

https://youtu.be/PL8Pu2OZG08

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments