
धरान / पन्चायती व्यावस्थाको अन्त्यपछि नेपाल बहुदलीय व्याबथाको धरान नगरपालिकाको पहिलो मेयर समेत रहेका स्व. ध्यानबहादुर राईको निधनमा नेकपाले आयोजना गरेको श्रद्धान्जली सभामा प्रदेश सांसद भिम आचार्यले दले भनेपछि चौतर्फी बिरोध भएको छ ।
आफ्नै पार्टीको धरान नगर समितिले फागुन ३ गते आयोजना गरेको श्रद्धान्जली सभामा आचार्यले मानबिय समबेदना समेत बेवास्ता गर्दै स्व. राईको आलोचना र अपमान गरेर धरानवासिकै भावनामा ठेस पुर्र्याएको भन्दै समाजवादी पार्टी धरानले घोर भर्तसना गरेको छ । समाजवादी पार्टी धरान नगर समिति अध्यक्ष ताजुप लिम्बुको हस्ताक्षरित बिज्ञप्तिमा कार्यक्रमकाप्रमुखअतिथिप्रदेश नं. १ कामाननीय, नेकपाका केन्द्रीय सदस्यतथाप्रदेश इञ्चार्ज भिम आचार्यले भने स्व. ध्यानबहादुर राईको कटुआलोचना र अपमान गरेर “मेयर भएर पनिध्यानबहादुर राई घरघर डुलेर हिड्ने, अध्ययन, विश्लेषण र सही निर्णय गर्न नसक्ने ‘फिरन्ते क्रान्तिकारी’ जस्ता थिए । उनीजग्गादलाली गरेर खाने ‘दले’थिए । नीति र सिद्धान्तको ख्याल नराख्ने ‘पिछ्लग्गु’ र ‘जातिवादी’थिए”भन्ने जस्ता अत्यन्त तुच्छ,अमर्यादित, असामाजिक र घोर संकीर्णवादी शब्द प्रयोग गरेर उनले आफनै चरित्र उदाङ्गो पारेका छन् । यसले उहाँ आफै आफ्नो नश्लिय अहङकार र संकीर्णवादी जातिवादी सोचवाट ग्रसित भएको पुष्टि हुन्छ । जनपक्षीयनीतिमार्फत धरानवासीहरुको सुख–दुःखबुझ्नु र विकासमा जन सहभागिता जुटाएर मृत शहर धरानलाई नमूना नगरपालिका बनाउने ओज पुर्णव्यत्तित्व. ध्यानबहादुर राई प्रतिको अपमान धरानवासीहरुकै अपमान हो भनिएको छ ।
समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत रहनु भएका स्व.ध्यानबहादुर राईको श्रद्धाञ्जली सभामा उहाँप्रति नेकपाका नेता भीमआचार्यले अभिव्यक्त गरेका घोर आपत्तिजनकएवं अपमानपूर्ण शब्दलाई तुरुन्त सच्याई धरान जनता समक्ष सार्वजनिक माफी माग्न भनिएको छ/
त्यसैगरी सो बिसयलाई लिएर ध्यानबहादुर राईको स्मृति ग्रन्थ प्रकाशन तथा शालिक निर्माण समिति तथा ध्यानबहादुर राई बचाउ अभियन्ता संयोजक महेश श्रेष्ठले समेत बिज्ञप्ति जारि गरि भर्तसना गरिएको छ / यिनै जनपक्षीय नीति मार्फत धरानवासीहरुको सुख–दुःख बुझ्नु र विकासमा जन सहभागिता जुटाएर मृत शहर धरानलाई नमूना नगरपालिका बनाउने र नेपाल कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कायम राख्ने उहाँको कार्यशैली ‘फिरन्ते क्रान्तिकारी’ भन्नु स्व. ध्यानबहादुर राईको अपमान मात्रै नभएर धरानवासीहरुकै अपमान हो, भनिएको छ । बिज्ञप्तिमाएउटा व्यक्तिविशेषले भ्रष्टाचार अत्याचार नगरी राष्ट्र र जनतालाई नोक्सान नपुर्याउने व्यवसाय पेशा गरिखाँदा पेशाकै अपमान गर्नु स्वभाविकरुपमा उपयुक्त होइन भनिएको छ ।नेकपाका नेता आचार्यको क्षुद्र टिप्पणी, व्यवहार र बोली सह्य हुनसक्दैन । आचार्यकै पार्टीका प्रधानमन्त्री र नेताहरु स्वयंले स्वर्गीय ध्यानबहादुर राईप्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले “स्व. ध्यानबहादुर राईले धरानको लोकप्रिय जनप्रतिनिधि भएर पुराउनु भएको योगदान सदा स्मरणीय भएको र सुयोग्य समाजसेवी गुमाएकोमा दुःख व्यक्त गर्दछु” भनेर श्रद्धाञ्जली अर्पण गर्नुभएको भनि उल्लेख छ/
बिज्ञप्तिमा धरानवासीहरुकै मत पाएर सुनसरी क्षेत्र नं. १ ‘ख’ बाट माननीय भएका भिम आचार्यले सार्वजनिक रुपमा माफी नमागे धरानवासीहरुले अब उनलाई सहजै नस्वीकार्ने र भोलिका दिन उनको पार्टीलाई पनि सहज नहुने तर्फ पनि सचेत गराउँदछु ।
(प्रेस बिज्ञप्ति)
मिति २०७६ फागुन ३ गते नेकपा धरानद्धारा आयोजितधरानकालोकप्रियपूर्व नगरप्रमुख स्वर्गीय ध्यानबहादुर राईकोश्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम आचार्यले मानवीय संवेदनाको समेत वेवास्तागर्दै स्व.राईकोआलोचना र अपमान गरेर धरानवासीकै भावनामाठेस पु¥्याएकोमा समाजवादी पार्टी घोरभत्सर्ना, गर्दै खेद प्रकट गर्दछ ।
उक्तश्रद्धाञ्जली कार्यक्रममाअधिकांशवक्ताहरुले स्व. ध्यानबहादुर राईको प्रशंसा गरेकाथिए तर कार्यक्रमकाप्रमुखअतिथिप्रदेश नं. १ कामाननीय, नेकपाका केन्द्रीय सदस्यतथाप्रदेश इञ्चार्ज भिम आचार्यले भने स्व. ध्यानबहादुर राईको कटुआलोचना र अपमान गरेर “मेयर भएर पनिध्यानबहादुर राई घरघर डुलेर हिड्ने, अध्ययन, विश्लेषण र सही निर्णय गर्न नसक्ने ‘फिरन्ते क्रान्तिकारी’ जस्ता थिए । उनीजग्गादलाली गरेर खाने ‘दले’थिए । नीति र सिद्धान्तको ख्याल नराख्ने ‘पिछ्लग्गु’ र ‘जातिवादी’थिए”भन्ने जस्ताअत्यन्त तुच्छ,अमर्यादित, असामाजिक र घोर संकीर्णवादीशब्दप्रयोग गरेर उनले आप्mनै चरित्र उदाङ्गो पारेका छन् । यसले उहाँआफै आफ्नो नश्लियहङकार र संकीर्णवादीजातिवादी सोचवाट ग्रसितभएको पुष्टि हुन्छ । जनपक्षीयनीतिमार्फत धरानवासीहरुको सुख–दुःखबुझ्नु र विकासमा जन सहभागिता जुटाएर मृत शहर धरानलाई नमूनानगरपालिकाबनाउने ओज पुर्णव्यत्तित्व. ध्यानबहादुर राई प्रतिकोअपमान धरानवासीहरुकै अपमानहो ।
एउटा व्यक्तिविशेषले भ्रष्टाचार,अत्याचार नगरी राष्ट्र र जनतालाई नोक्साननपुर्याउने व्यवसाय पेशागरिखाँदा पेशाकै अपमानगर्नु जनताको प्रतिनिधिलाई शोभनिय कुरा होईन । भीमआचार्यले पर्यटन तथानागरिक उड्यायनमन्त्रालय सम्हाल्दा अरबौको भ्रष्टचारको आरोपमागलहत्तिनु परेको यथार्थ सबैमाजगजाहेरै छ । आपैm म्यानपावर खोलीदलाली पेशामालाग्ने र सधै नेताहरुको हजुरिया गरेर पद प्राप्तीगर्ने नेताले स्वाच्छ छबी भएका नेताहरुलाई आरोप र अपमानगर्नु कुनै आश्चर्यको कुरा भने होइन तर लोकतन्त्रमा राजनीति र विचार बोक्ने क्रममा फरक कित्ता र फरक विचार राख्दाअपमानगर्नु सरसर पूर्वाग्राहहो ।किनकि पटकपटक आचार्यकै पार्टीले सत्तारोहणका क्रममा फरक विचारकै पार्टीको सहयोग लिएकै हो । यसअर्थमा नेकपाका नेताआचार्यको क्षुद्र टिप्पणी, व्यवहार र बोली सह्य हुनसक्दैन ।
आचार्यकै पार्टीकाप्रधानमन्त्री र नेताहरु स्वयंले स्वर्गीय ध्यानबहादुर राईप्रति सम्मानका साथहार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।प्रधानमन्त्री केपीशर्मा ओलीले “स्व. ध्यानबहादुर राईले धरानको लोकप्रियजनप्रतिनिधिभएर पुराउनु भएको योगदान सदा स्मरणीय भएको र सुयोग्य समाजसेवीगुमाएकोमादुःखव्यक्तगर्दछु”भनेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कावरिष्ठ नेतामाधवकुमार नेपालले “स्वर्गीय राईले समाज परिवर्तनको आन्दोलनमा महत्वपुर्ण भूमिका खेल्नुभएको स्मरण सहितआधुनिक धरानशहरको योजनाकार समेत रहनुभएका राईको निधनबाट धरानले एक कर्मठ राजनीतिज्ञ तथा समाजसेवीगुमाएको छ”भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसैगरी स्व. राई कै योगदानलाई स्मरण गरेर प्रदेश नं. १ ले उपचारार्थ आर्थिक सहयोग र निधनमामुख्यमन्त्रीसमेतले श्रद्धाञ्जली अर्पण गरेकाथिए ।
नेकपाद्धारा आयोजितश्रदाञ्जली सभामासबैबाट सम्मानित धरानकालोकप्रियपूर्व नगर प्रमुख स्व. ध्यानबहादुर राईलाईकार्यक्रमकै प्रमुखअतिथिआचार्यले अपमानगर्नु श्रदाञ्जली सभाहो किउहाँको विरोध सभाहो ?यसविषयमा समाजवादी पार्टी धरान, नेकपा धरानलाई ध्यानआकर्षण गराउन चाहान्छ । समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत रहनु भएका स्व.ध्यानबहादुर राईको श्रद्धाञ्जली सभामाउहाँप्रति नेकपाका नेताभीमआचार्यले अभिव्यक्त गरेका घोर आपत्तिजनकएवं अपमानपूर्ण शब्दलाई तुरुन्त सच्याई धरानजनता समक्ष सार्वजनिकमाफीमाग्नअपिलगर्दछौं ।
ताजुबलिम्बु
अध्यक्ष
समाजवादी पार्टीधरानउपमहानगर समिति, सुनसरी
विज्ञप्ती
धरानका लोकप्रिय पूर्व नगर प्रमुख स्वर्गीय ध्यानबहादुर राईलाई श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम आचार्यले मानवीय संवेदनाको समेत वेवास्ता गर्दै आलोचना र अपमान गरेर धरानवासीहरुकै भावनामा ठेस पुर्याएकामा खेद व्यक्त गर्दै घोरभत्सर्ना गर्दछु । २०७६ फागुन ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपमहानगर कमिटीले स्व. ध्यानबहादुर राई र स्व. देवलक्ष्मी प्रधानप्रति श्रद्धा अर्पण गर्न श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । म समेत उपस्थित रहेको उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले स्व. ध्यानबहादुर राईको प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का माननीय, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज नेता भिम आचार्यले भने उक्त कार्यक्रममा स्व. ध्यानबहादुर राईको कटुआलोचना र अपमान गरेर भने, “मेयर भएर पनि ध्यानबहादुर राई घरघर डुलेर हिड्ने, अध्ययन, विश्लेषण र सही निर्णय गर्न नसक्ने ‘फिरन्ते क्रान्तिकारी’ जस्ता थिए । उनी जग्गा दलाली गरेर खाने ‘दले’ थिए । नीति र सिद्धान्तको ख्याल नराख्ने ‘पिछ्लग्गु’ र ‘जातिवादी’ थिए ।” कम्युनिष्टहरुका गुरु माओ त्सेतुङले भन्नुभएको छ, “हामी कम्युनिस्टहरू बीउजस्ता हौँ र जनता माटा जस्तो हुन्, हामी जहाँसुकै पनि जनताको साथमै हुन्छौँ, त्यही जरो गाड्छौँ, उनीहरूकै बीचमा फुल्छौँ । सबै पार्टी सदस्यहरूले पहिले जनता र अनि जनपक्षीय विचारधाराको सिद्धान्तलाई मनमा लिनुपर्दछ र तिनीहरूलाई प्रयोगमा ल्याउनुपर्दछ । हामीले पार्टीभित्र खास गरेर जनतालाई असन्तुष्ट लागेका समस्याहरू समाधान गर्न सक्दो किसिमले कार्य गर्नुपर्दछ जसबाट पार्टीले सधैँ तिनीहरूको विश्वास र समर्थन प्राप्त गर्न सकोस् ।” यिनै जनपक्षीय नीति मार्फत धरानवासीहरुको सुख–दुःख बुझ्नु र विकासमा जन सहभागिता जुटाएर मृत शहर धरानलाई नमूना नगरपालिका बनाउने र नेपाल कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कायम राख्ने उहाँको कार्यशैली ‘फिरन्ते क्रान्तिकारी’ भन्नु स्व. ध्यानबहादुर राईको अपमान मात्रै नभएर धरानवासीहरुकै अपमान हो । एउटा व्यक्तिविशेषले भ्रष्टाचार अत्याचार नगरी राष्ट्र र जनतालाई नोक्सान नपुर्याउने व्यवसाय पेशा गरिखाँदा पेशाकै अपमान गर्नु स्वभाविकरुपमा उपयुक्त होइन । त्यसैगरी लोकतन्त्रमा राजनीति र विचार बोक्ने क्रममा फरक कित्ता र फरक विचार राख्दा अपमान गर्नु ठिक होइन, किनकि पटकपटक आचार्यकै पार्टीले सत्तारोहणका क्रममा फरक विचारकै पार्टीको सहयोग लिएकै हो । यसअर्थमा नेकपाका नेता आचार्यको क्षुद्र टिप्पणी, व्यवहार र बोली सह्य हुनसक्दैन । आचार्यकै पार्टीका प्रधानमन्त्री र नेताहरु स्वयंले स्वर्गीय ध्यानबहादुर राईप्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले “स्व. ध्यानबहादुर राईले धरानको लोकप्रिय जनप्रतिनिधि भएर पुराउनु भएको योगदान सदा स्मरणीय भएको र सुयोग्य समाजसेवी गुमाएकोमा दुःख व्यक्त गर्दछु” भनेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले “स्वर्गीय राईले समाज परिवर्तनको आन्दोलनमा महत्वपुर्ण भुमिका खेल्नुभएको स्मरण: सहित आधुनिक धरान शहरको योजनाकार समेत रहनुभएका राईको निधनबाट धरानले एक कर्मठ राजनीतिज्ञ तथा समाजसेवी गुमाएको छ” भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यसैगरी स्व. राई कै योगदानलाई स्मरण: गरेर प्रदेश नं. १ ले उपचारार्थ आर्थिक सहयोग र निधनमा मुख्यमन्त्री समेतले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सबैबाट सम्मानित धरानका लोकप्रिय पूर्व नगर प्रमुख स्व. ध्यानबहादुर राई उहाँकै श्रद्धाञ्जली सभामा नेकपाका नेता आचार्यले अपमान गर्नु हामी सम्पूर्ण धरानवासीहरुकै अपमान हो । धरानवासीहरुकै मत पाएर सुनसरी क्षेत्र नं. १ ‘ख’ बाट माननीय भएका भिम आचार्यले सार्वजनिक रुपमा माफी नमागे धरानवासीहरुले अब उनलाई सहजै नस्वीकार्ने र भोलिका दिन उनको पार्टीलाई पनि सहज नहुने तर्फ पनि सचेत गराउँदछु ।
संयोजक
महेश श्रेष्ठ