
निमा पोङ्स्युवा
धरान / हरेक वर्ष जस्तै यस वर्ष पनि बुद्ध जयन्ती तथा उभौलीको अवसर पारेर धरानको प्रसिद्ध बुढासुब्बा मन्दिरको बासको लौरो मेयरलाई उपहार प्रदान गरेको छ।
बुढासुब्बा मन्दिर किंवदन्ती रुपमा आफैमा अनौठो छ भने यथार्थमा हेर्दा पनि त्यहाँको बाँस अनौठो नै लाग्छ।र त्यहाँको प्रचलन पनि अनौठो नै लाग्छ।
https://youtu.be/2sKDfqlkVPM
बुधबार बुढासुब्बा मन्दिर सरसफाई गरि त्यहाँको बांसको लौरो मुख्य पुजारी डम्बरबहादुर आलेले धरान उपमहानगरका मेयर तिलक राईलाई प्रदान गरेको छ। बुढासुब्बा मन्दिर्मा आज सरसफाई गरि त्यहाँको बाँस काट्ने प्रचलन पहिलेदेखी नै रहेको कुरा पुजारि डम्बरबहादुरले बताए। हरेक वर्ष सरसफाइ गरेपछि सानै भएपनी बाँसको छेस्का दिने चलन रहेको पुजारीले बताए । त्यही चलन अनुसार आज मेयर तिलक राईलाई बोलाएर प्रदान गरेको बताए।उनले सबैको रक्षा हुने भएकोले पहिलेदेखी नै चली आएको चलन भएको बताए। बुढासुब्बा मन्दिरमा किरात समुदायको उभौली पुर्णिामाको अघिल्लो दिन सरसफाइ गरिने चलन रहेको बताए। त्यही अनुसार बिहिवार उभौली पुर्णिामा तथा बुद्ध जयन्ती समेत परेकोले त्यस्को तयारी गरेको बताए।हरेक वर्ष एकपटक यसरी सरसफाइ गरिने र पुर्णिमाको दिन पुजा गरिने बताए।
करिब २ महिनाको लकडाउनको अवधिमा टाढाबाट भक्तजन आउन नसकेपनी नजिकका स्थानिय पुजा गर्न आउने गरिएको बताए। बिहीवारको पुजा पनि बिधान अनुसार गरिने बताए। बुढासुब्बा मन्दिरमा कुखुरा सँगुर लगायतको बलि चढाएर पुजा गरिने चलन छ।यसरी बलि दिँदा शक्ति प्राप्त हुने जनबिश्वास छ। मन्दिरको बाँसमा प्रेम जोडिले बुढासुब्बा साक्षी राखेर बाँचा कसम गरि तोरन बाधिने पनि उत्तिकै छ ।नयाँ प्रेमी प्रेमिका आफ्नो सम्बन्ध राम्रो होस भनेर भाकल गर्ने बाँचा गर्ने कति छ्न भन्ने कुरा यहाँ बाँधिएका डोरोले पनि बुझाउदछ। कस्को प्रेम कति सफल भए भन्ने जानकारी नभए पनि युबा युवती प्रेम गर्न बुढासुब्बा साक्षी कतिले राखिनेरहेछ भन्ने कुरा यहाँ बाँधिएका तोरण डोरोले बताएउछ।