22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedहिसाब निसाफ किताब नमिल्दा मगर पछि(भिडियो सहित)

हिसाब निसाफ किताब नमिल्दा मगर पछि(भिडियो सहित)

निमा पोङ्स्युवा

धरान / मगर समुदाय पछि पर्नुमा हिसाब निसाफ किताब नमिल्दा पछि परेको कुरा नेपाल मगर संघ प्रदेश १ का अध्यक्ष तेजकुमार आलेमगरले बताए।

प्रमुख अतिथि तेजकुमार आलेमगरले सार ल्हेसको २०७६ मा शुभकामना आदानप्रदान कार्यक्रममा सभागृहमा बताएका हुन।प्रमुख अतिथी आलेमगरले नेपालमा तेस्रो जनसंख्या रहेको मगर नेपालको निसाफ मनुस्मृतिको फोटोकपी रहेकोले त्यो गलत रहेको बताए।पश्चिमको मगरले कुल बुझाउदा गोरुको टाउकोबाट गर्नुपर्ने भएकोले राज्यले कानुन लगाएकोले मरेको गिरुको टाउको ल्याएर गर्नुपरेको बताए।निसाफमा गाईगोरु काटे जेल हालेपछि लिम्बू मगरके जेलमा बसेर कसरी गाईगिरुले संस्कार गर्ने भनेर प्रश्न गरे।हिसाब निसाब किताब बिग्रेको भन्दै किताबमा शाह बंशको बाह्र पुस्ते सिकाएको तर त्यहा मगर तामाङ लिम्बुको किन सिकाएन त्यही भएर मगर पनि पछि परेको बताए।क्षत्री क्ष भनेर पढाईरहँदा मगर म लिम्बू ल राई र नसिकाएको बताए।हिसाबमा मगर तेस्रो स्थान जनसंख्याको आधारमा भए पनि राज्यको उपस्थितिमा त्यो हिसाब नभएको बताए।१२ प्रतिशत बाहुनले ७३ प्रतिशत राज्यमा उपस्थिति रहेको बताए।त्यही हिसाब नमिलेकोले मगर सहित आदिवासी पछि परेको बताए।३८ प्रतिशत आदिवासी नेवार समुदायको कारणले मात्र अगाडि भएको भन्दै नेवारको अनुपस्थितमा त्यो हिसाब मगर सहितको आदिवासीमा नाजुक रहेको बताए।त्यसका लागि मगर सहित सबै आदिवासी लाग्नुपर्ने बताए।

त्यही बेलादेखी मिठो मीठो खाने कुरा खाने प्रचलन समेत भएकोले सारल्हेस मनाउने प्रचलनमा आएको बताए।उनले त्यो समयमा नै गणतन्त्रबादी रहेकोले यहि बेला नयाँ नेतृत्व मुखिया चुन्ने परम्परा रहेकोले सार ल्हेस मनाउने प्रचलन भएको बताए।कालो टीका लगाउनेमा मगर समुदाय अर्थात आदिवासीमा मात्र रहेको बताए।कालो टीका लगाउनको तात्पर्य खोलानालामा भुतप्रेत नलागोस भनेर कालो टीका लगाउने प्रचलन भएकोले सार ल्हेसमा कालो टीका लगाउने प्रचलन भएको बताए।

सारल्हेसमा भाषण गर्नुपर्ने भन्दा पनि सारल्हेस कसरी मनाउने भन्ने बारे चर्चा भने गर्नुपर्ने आवस्यक रहेको बताए।मगर समुदायको लागि आजको दिन नयाँ नेतृत्व चुन्ने दिन भएको बताए।उहाँले सार भनेको फुल भनिने र ल्हेस भनेको वर्ष भएको बताए ।सार भनेको नयाँ पनि हुने भएकोले सारल्हेस भनेको नयाँ वर्ष पनि हुने बताए ।

अहिले मगरमा पुरानो संस्कार बिर्सदै गएको भन्दै भनाई र गराईमा मगर संघ फरक रहेको भन्दै अल्पग्यानी हुँदै गएको बताए।त्यो घातक भएको बताए। आदिवासी सहित मगरको राजनीतिक नेतृत्व बाँदरले चना मुठ्याएर भाग्न नसकी हात अड्किएको दृश्य जस्तो भएको बताए ।राजनितिक चेतना नभएकोले नै ब्यक्तिगत स्वार्थ र पदको लोभको कारण समुदाय अगाडि बढ्न नसकेको बताए।

नेवा देय दबु धरानका अध्यक्ष मनोहर शाक्यले सारल्हेसको शुभकामना दिदै आदिवासी जनजातिको सस्कार संस्कृति राष्ट्रको सम्पदा हो भने त्यो कुरा अभियन्ताले बुझ्न जरुरी भएको बताए । धरान उपमहानगरले मगरलाई मात्र होइन समग्र आदिवासीलाई संबोधन गरेर शुभकामना निकालेमा खुशी ब्यक्त गर्दै तर सार ल्हेसमा अनुपस्थित भएकोले उपेक्षा गरेको होकि भन्ने आशंका गरे।

मगर विद्यार्थी नेता बिनोद मगरले आफ्नो मौलिक पर्वमा छोराछोरी साथमा लिएर न आएकोमा गुनासो गरे। आफू मगर विद्यार्थी संगठनमा लाग्दा धरानमा मगर विद्यार्थी भेटन कठिन भएको भन्दै मगर समुदायबाट शिक्षामा कमजोर भएको हो या किन यस्तो भएको हो भनेर प्रश्न गरे।आगामी दिनमा मगर समुदायले टेक्निकल शिक्षाको लागि पनि अध्ययन गर्नुपर्ने बताए।

कार्यक्रम नेपाल मगर संघ धरान उपमहानगर समितिको अध्यक्ष चित्रराज थापामगरको अध्यक्षता भएको हो। अध्यक्ष चित्रराज थापामगर ले कार्यक्रममा धरान उपमहानगर र नेपाल आदिवासी जनजाति नगरमहासंघ धरानबाट प्रतिनिधि नआएकोमा आक्रोश पोखे।धरानमा मगर समुदायलाई अपहेलना गरेको महसुस गरेको बताए।कार्यक्रममा मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

https://youtu.be/J_ctvIuHTSM

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments