पछिल्लो केही समय अगाडी श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंगसम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन ।त्यसपछि हेमाको श्रीमान सोनाम लामा पनि मिडियामा आएका थिए । सोनामका अनुसार उनीहरुको कुनै विवाह नभएको तर होटलमा सम्बन्ध राख्दा बच्चा पेटमाबसेको हुँदा अदालतबाट नाता प्रमाणित गरिदिएको हुँदा उनीहरु श्रीमान श्रीमती भएको बताएका थिए ।
त्यसपछि फेरी हेमा मिडियामा आएका छिन् । उनका श्रीमानले बोलेको सबै कुरा झुट भएको समेत बताएका छन् । भने,विभिन्न प्रमाणहरु देखाउदै झुट बोलेको बताएकी हुन् । आफ्नै पतिबाट तिरस्कृत भएको भन्दै उनले गहभरी आँशु पारिन् । विदेशमा दुःख गरेर कमाएको सबै सम्पती खाएर कुटपिट गर्नुका साथै शारिरिक र मानसिक यातना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमानले उनलाई बेवास्ता गरी अरु महिलासँग सम्बन्ध राख्दै आइरहेका छन् । आफैंले जन्माएको छोरी र छोराको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दुखि भएकी थिईन् । मिडिया लिएर श्रीमानको कोठामा पुगेकी हेमाले श्रीमानको को महिलासंग सम्बन्ध छ भन्ने पनि खुलाएकी छन् । उनले महिला सावा लिम्बु भन्ने ताप्लेजुंगको महिलासंग आफ्नो श्रीमानको सम्बन्ध रहेको उनको दावी छ । बाकी हेर्नुहोस भिडियोमा: