
– निमा पोङ्स्युवा
सामाजिक यथार्थ घटनामा आधारित लेखिएको उपन्यास बसाइँ लिलबहादुर छेत्रीको चर्चित कृति हो।त्यही कृतिलाई लिएर नाट्य रुपान्तरण गरि धरानको सदन स्कुल सदन भवनमा मन्चन भैरहेको छ।
लिलबहादुर छेत्रीको उपन्यास बसाइँलाई यश अधि चलचित्रको पर्दामा समेत उतारिसकेको छ।रंगभुमी एकेडेमीको प्रस्तुतिमा बसाइँ उपन्यासलाई मिलन चाम्लिङले निर्देशन गरेको छ।तत्कालीन सामाजिक परिवेशलाई लिएर लेखिएको उपन्यास साहुको ऋण तिर्न नसक्दा उठिबास हुनुपरेको यथार्थ चित्रण बसाइँमा छ।
बसाइँ नाटक मन्चन भैरहँदा पात्रहरुले पक्कै न्याय गरेको पाईन्छ।सबै पात्रको कहिँ पनि अभिनयमा कमि कमजोरी देखिदैन। नाटकको सबल पक्ष भनेकै अभिनयमा निपुण छ।यसले नाटकलाई जिवन्त दिएको छ।उपन्यासमा कथाबस्तु लामो छ तर नाटकलाई नाट्य रुपान्तरण गर्नु भनेको बिनय सरगमको खुबी देखिन्छ । कथालाई दृश्यमा लान नाटकीय रुप दिन पटकथा महत्वपूर्ण हुन्छ।पटकथा सबल पक्ष छ।गाउले परिवेशमा कथा भएकोले भेषभुषा लगायत सबै गाउले जिवनमा आधारित छ।एकातिर रिकुटेसंगको प्रेम कथा चलिरहेको हुन्छ अर्को तर्फ साहुको ऋणले घरबार नै साहुलाई बुझाएर बसाइँ जानुपर्ने अवस्थामा पुग्छ।रिकुटेले पेट बोकाएर आत्महत्या गर्नसम्म पुगेको झुमालाई कार्कीको मानबतापुर्ण दयाले अन्ततः झुमा आत्महत्या गर्नबाट बचिन्छ।यता नन्दे साहुको ऋण तिर्न नसक्दा धनेले आफ्नो घरजग्गा सबै साहुले लिएपछि उ बसाइँ जान बाध्य हुन्छ।यतिमै नाटक सकिन्छ।
यस बिचको प्रस्तुति यसरी नै अत्यन्त राम्रा ढंगले बगेको पाईन्छ।कहिँ कतै अल्छी लाग्ने खाल्को दृश्य छैन। दर्शकलाई अत्यन्त भावुक बनाउने र झुमा र रिकुटेको प्रेमवार्ताले थप मनोरञ्जन दिलाएको पाईन्छ।नाटकको मन्च पनि आकर्षक नै छ।गाउले परिवेश झल्किने घर डोको ओख्ली लगायतले नाटक जिवन्त बनाएको पाईन्छ।धुन र प्रकाश राम्रै मिलेको छ।
यति हुँदाहुँदै पनि चन्द्रमामा कालो दाग भनेजस्तै केही कमि कमजोरी नाटकमा छ।प्राविधिक रुपमा यस अघि पनि नाटक इङ्घङमा सुझाब दिएको थिए।त्यो फेरि दोहोरिएको छ।नाटक एकांकी नभएकोले एक दृश्यपछि अर्को दृश्यमा जाँदा हलमा बाराम्बार अँध्यारो भैरन्छ।जसका लागि पर्दाको ब्याबस्था हुनुपर्ने त्यो छैन।नाटक भनेकै पर्दा उघृने बन्द गर्ने नै हुन्छ।भित्री तयारी गर्नको लागि नै पर्दाले छेक्ने हो।त्यतिबेला दर्शक तर्फ लाईट बालेर मंछ भित्र नबाली तयारी गर्न सके राम्रो हुने थियो।नाटकलाई थप जिबन्त बनाउन नाङ्लोमा अन्न निफोन्ने बेला सच्चैको अन्न प्रयोग गर्न सकिन्थ्यो।यसो नगर्दा नाटक नाटक नै भएको आभास हुन्छ।ओखलमा कुट्दा पनि अन्न अथवा भुस प्रयोग गरेको जिवन्त हुन्थ्यो।परेवालाई चारो दिएको बेला चामल लगायतको अन्न केही प्रयोग गरेको भए थप जिवन्त हुने देखिन्छ ।समग्रमा नाटक उत्कृष्ट छ।रंगभुमिको इङ्घङले जति दर्शक बटुले बसाइँ नाटकले पनि उत्तिकै दर्शक बटुल्ने निश्चित छ।सबै कलाकार सहित टिमको भविष्य राम्रो छ।
तत्कालीन अवस्थामा गाउँघरमा साहुले ब्याजमा ब्याज लगाएर गरिबलाई उठिबास बनाउने गरिन्थ्यो भने त्यो नियत हाल भने केही फेरिएर मिटर ब्याज लगाएर गरिबलाई उठिबास बनाउने सामन्ती प्रवृत्ति अझै कायम रहेको छ।तर बसाइँ उपन्यासमा बसाइँ जानुको न्यायिक विकल्प खोजेको पाईदैन।बसाइँ उपन्यासमा जस्तै नेपाली समाज अझै पनि त्यही अवस्थामा नै गुज्रीरहेको छ।न्यायिक बिकल्प त हाल भए पनि गरिबको पक्षमा न्याय हाल नेपाली समाजमा बिमुख नै छ।
