20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियहेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

इस्लामाबाद । दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।

उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन ।

अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments