धरान / लकडाउनका कारण सवारी ठप्प भएपछि विभिन्न सवारी फेरिदै आइपुगेका यात्रीलाई होप धरानले उद्दार गरेको छ।अलपत्र पर्नेहरू काठमाडौबाट आएका हुन। भानुचोकमा उनिहरु संखुवासभा तेह्रथुम लगायतका जिल्लामा जानका लागि आईपुगेका हुन।तर धरानदेखी त्यसतर्फ जाने सवारी नभएपछि अलपत्रमा रहेको हो।यसरी अलपत्रमा रहेका १४ जनालाई होप धरानले उद्दार गरेको कुरा होप धरानका अभियन्ता निश्चल पलिखेले जानकारी दिए।उनले यसरी अलपत्र परेकालाई नगर प्रहरी ट्राफिक प्रहरीको सहयोगमा बिस्कुट चाउचाउ पानी फ्रुटी लगायतको खानेकुरा समेत उपलब्ध गराएको जानकारी दिए।त्यसपछि प्रहरीकै सहयोगमा सब्जिको गाडी रोकेर चढाई पठाएको बताए।
यसरी सेवा गर्न पाएकोमा होप धरानको टिम खुशी भएको बताए । उनले यस्तै कयौं आफ्नो बाध्यताबस अलपत्र हुनुभएका जो कोहिलाई आफ्नो घरसम्म जाने बाताबरण सिर्जना होस् भन्दै सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराएको बताए ।