धरान / कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन गरेपछि धरानमा निम्न बर्गमा खाद्य अभाव भएको भन्दै होप धरानले दुई सय घरपरिवारबढिलाई राहत बितरन गरेको छ।
सोही क्रममा मंगलबार धरान १५ स्थित शिवगंगा बस्तिमा २० घर परिवारलाई होप धरानले राहत बितरण गरेको छ। होप धरानले बाँडिएको राहतमा पाँच सय रुपैया बराबरको चामल न्युटेला नुन लगायत छ्न। शिव गंगाका हरि राईले होप धरानले यसअघि पनि २५ घरपरिवारलाई राहत बितरण गरेको भन्दै बाँकीलाई मंगलबार बितरण गरेको बताए।हाल शिबगंगा बस्तिमा ३३५ घरपरिवार रहेको भन्दै प्राय सबै दैनिक ज्यालादारी मजदुर रहेको बताए।
होप धरानका अभियन्ता निश्चल पलिखेका अनुसार मंगलबार बितरण गरिएको राहत धरान १० निबासी समिक्षा राईको सहयोगमा भएको बताए । यसअघि होप धरानले धरान वडा नम्बर ८ मा ६० घर,वडा नम्बर ९ मा २२ घर, ४ मा ६० घर, ५ जना दृष्टि बिहिन,१३ मा ४० घर,इन्जिनियर क्याम्पस धरानका १० जना विद्यार्थीलाई पनि राहत उपलब्ध गराएको पलिखेले जानकारी दिए।यसरी राहत बितरण गर्दा सम्बन्धित वडा र टोल बिकास संस्थासंग समन्वय गर्ने गरेको बताए।तर अत्यावश्यक रुपमा कसैको चुल्हो नै नबलेको अवस्थामा भने तत्काल राहत उपलब्ध गराउनुपर्ने भएकोले समन्वय गर्न नसकेको बताए।