21 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रिय१० हजारले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

१० हजारले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


नेपाल सुनचाँदी ब्यबसायी महासंघले लकडाउन सुरु भएयता पहिलो पटक औपचारिक रुपमा सुनचाँदीको मूल्य तय गरेको छ । महासंघले आजबाट नियमित रुपमा मूल्य तोकिने र आंशिक रुपमा सुन पसल खोल्ने जनाएको हो ।

महासंघले चैत्र १० पछि आज पहिलो पटक मूल्य तोकेको हो । जस अनुसार छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय तोकिएको छ भने तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ९ सय ६० तोकिएको छ । त्यस्तै चाँदीको मूल्य प्रति तोला ९२५ तोकिएको छ । चैत्र १० को तुलनामा छापावाल सुनको मूल्य प्रति तोला १० हजार ४ सयले बढेको हो भने चाँदीको मूल्य प्रति तोला २ सय ५ ले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रति १० ग्राम ७४ हजार ९ सय ३०, तेजावी सुन प्रति १० ग्राम ७४ हजार ५ सय ५५ र चाँदी प्रति १० ग्राम ७९३ रुपैयाँमा कारोबार भईरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments