24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचार१५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा आमा सहित ४ जना पक्राउ !!

१५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा आमा सहित ४ जना पक्राउ !!

पर्सा पोखरिया नगरपालिका-९ शिवबर्वा बस्ने १५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा आमा सहित ४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका-९ शिवबर्वा बालिकाकी आमा ३० वर्षीया शिवकली देवी, सोही स्थान बस्ने ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय संतोष महतो तत्वा र सुबोध भन्ने १९ वर्षीय जितेन्द्र यादव रहेका छन् ।

बीरेन्द्र महतो तत्वाकी १५ वर्षीया छोरी पुनिता कुमारीको हत्या गरी घरबाट करिब २ किलोमिटर उत्तर खोला नजिकै गाडेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरियाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटनास्थलमा शव जलाएको अवस्थामा शरीरको आंशिक भागहरू फेला पारेको हो ।बालिकाको बावु निज बीरेन्द्र महतो तत्वा हाल फरार रहेकोको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments