23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorized२ जनाको मृत्यु:आज एकैदिन थप ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि/योसँगै नेपालमा...

२ जनाको मृत्यु:आज एकैदिन थप ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि/योसँगै नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

काठमाण्डौं-स्वास्थ्य मन्त्रालयले शनिबार २ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको जानकारी दिएको छ।डोल्पामा एक जना र अर्को एक जनाको कैलालीमा ज्यान गुमेको हो।जेठ २१ गते राति २ बजे जगदुल्ला डोल्पामा मृत्यु भएका ५८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।उनी दमको रोगी थिए।त्यस्तै,सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी ५५ वर्षीया मिर्गौला रोगी महिलाको
जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको छ।योसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ।
नेपालमा कोरोना भाइरस(कोभिड-१९)का संक्रमितको संख्या दिन प्रतिदिन तीव्र रुपमा वृद्धि भइरहेको छ।शुक्रबार २ जनामा ७८ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार,थपिएका संक्रमित मध्ये २ सय ८६ पुरुष र ३७ जना महिला रहेका छन्।योसँगै देशभर संक्रमित हुनेको संख्या ३ हजार २ सय ३५ पुगेको छ। जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन्।पछिल्लो विवरण अनुसार कोरोनालाई जितेर विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका छन्।देशभरबाट कुल ३ सय ६५ जना डिस्चार्ज भएका छन्।जसमध्ये २ सय ९९ जना पुरुष रहेक छन् भने ६६ महिला रहेका छन्।स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार शनिबारसम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ नुमना परीक्षण गरिएको छ।१ लाख ३७ हजार ४ सय ३५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।२४ घण्टाको अवधिमा ४ हजार १ सय ११ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ५ हजार ५ सय ७० जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।१ लाख ६८ हजार १ सय ३१ जना देश भरका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन रहेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments