नेपालगन्ज । बाँके नेपालगन्जको जमुनाह नाकाबाट एकजना होमगार्ड लागुऔषधसहित पक्राउ परेका छन। साेमबार साँझ करिब साढे ७ बजे पक्राउ परेका हुन।भारत रुपैडिहा आदर्श थानाका किशुन नामका होमगार्ड करिब ४१ पिस कोरेक्स सहित नेपालको जमुनाह चौकीले पक्राउ गरेको जमुनाह प्रहरी चौकी इन्चार्ज माधव रिजालले जानकारी दिए ।

रिजालका अनुसार होमगार्डले चलाएको मोटारसाइकलको डिग्गीबाट उक्त लागु औषध कब्जा गरिएकाे थियाे । लागुऔषध ओसापसारको आशंकामा जमुना प्रहरीले चेकजाँच गरि फेला परेको रिजालले जानकारी दिए ।
हाेमगार्ड युनिफर्ममै दैनिक जसाे नेपालगन्ज आउनेजाने गरेको समेत बताइएको छ । उनि नेपाल आएर रक्सी बोकेर जाने गरेको जानकारहरुले बताएका छन ।
त्यस्तै सोही दिन बाँकेको जैसपुरमा जिल्ला प्रहरी बाँकेकाे ब्यूरो टोलिले बेवारिसे अबस्थाकाे ३४ पिस कोरेश समातेकाे बताइएकाे छ । बाँके जिल्ला प्रहरी कार्यलायको ब्यूरो टोलि र जमुनाह चौकीको सयुक्त टिमले समातेकाे बताइएकाे छ ।
पछिल्लाे समय लकडाउनको मौका छोपि सिमानाकामा तस्करी बढेकाे बताइएकाे छ ।