22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रिय४ वर्षिया बालिका बलात्कृत

४ वर्षिया बालिका बलात्कृत

सुर्खेत । कोरोना भाइरसका कारण सुरक्षाकर्मीले लकडाउनमा ध्यान केन्द्रित गरेका बेला सुर्खेतमा ४ वर्षिया बालिका बलात्कृत भएको आरोप लागेको छ । घटना विहीबार भेरीगंगा नगरपालिका–४ मदानेचौरको हो ।

छिमेकी राज विकसँगै खजुरी खान गएकी ती बालिका साँझसम्म घर नफर्केपछि उनको खोजी कार्य शुरु भएको थियो ।

‘बालिका हराएको खबर ईलाका प्रहरी कार्यालय छिन्चुमा आईपुगेपछि खोजी कार्य शुरु गरेका हौं,प्रहरी निरीक्षक माधव चौधरीले भने राती ८ बजेदेखि खोजी कार्य शुरु गर्दे जाँदा डेढ बजे बालिकालाई घर नजिकैको गोठमा फेला पारेका हौं ।

उनले बालिकाको बयानकै आधारमा उनका अभिभावकले छिमेकीबाटै बलात्कृत भएको जाहेरी दिएपछि २५ वर्षिय राज विकलाई नियन्त्रणमा लिएको जनाए ।

उनका अनुसार नियन्त्रणमा लिएका ओरोपीलाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप भई घटना बारे विस्तृत अनुसन्धान भइरहेको छ ।

यता पीडित परिवारका अनुसार छिमेकी राज विकले ललाई फकाई खजुरी खान जाने बहानामा बालिकालाई गोठमा लगेर बलात्कार गरेको आरोप छ । परिवारले ईलाका प्रहरी कार्यालय छिन्चुमा ती युवकमाथि जवरजस्ती करणाीको जाहेरी दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments