कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेलाका एक वृद्धले आफन्त पर्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेकाे मुद्दा पैसा लेनदेन गरेर मिलाउन खाेजेकाे खुलेकाे छ ।

बलात्कार गरेकाे अभियाेगमा ६८ वर्षीय तारा ओझा अहिले प्रहरी नियन्त्रणमा छन् । उनले बालिकालाई ५० रुपैयाँ दिएर बलात्कार गरेको खुलेको छ । पीडक पक्षले घटना मिलाउन पीडित (बालिका) पक्षलाई दश लाख दिन खाजेकाे खुलेकाे हाे ।
प्रहरीले पीडक पक्षले पीडित पक्षलाई दिएको १० लाखको चेकसमेत नियन्त्रणमा लिएको छ । बालिकाले केही अधिकारकर्मीसँग बलात्कार गरेपछि कसैलाई नभन्नु भनेर ५० रुपैयाँ दिएको बताएकी छिन् । दुईवटा बीस रुपैयाँको नोट र एउटा दशको नोट दिएर कसैलाई नभन्नु भनेको बालिकाले बताएकी छिन् । बालिकाका एक आफन्तले बालिका ओझाको घरमा गएका वेला मुख च्यापेर जबर्जस्ती बलात्कार गरेको बताएका थिए ।
घरायसी कामकाजले बालिका वृद्धको घरमा गएका वेला सबै गहुँ काट्न गएको मौकामा वृद्धले आफ्नै घरमा आएकी बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले वृद्ध ओझाका नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका थिए ।
ओझाविरुद्ध जबर्जस्ती करणी उद्योगमा दिएको किटानीका आधारमा कञ्चनपुर प्रहरीले वृद्धलाई भोलिपल्टै पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले वृद्धलाई पक्राउ गरी अनुसन्धानको काम अन्तिम चरणमा पुगेको बताए । पीडक पक्षले पीडितलाई घटना मिलाउन दिएको चेक पनि नियन्त्रणमा लिएको प्रवक्ता पौडेलले बताए । नयाँ पत्रीकाबाट