22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeराष्ट्रिय५ दिनपछि भेटियो पहिरोमा पुरिएका बालकको शव

५ दिनपछि भेटियो पहिरोमा पुरिएका बालकको शव


पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो । यो सँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

गएको शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयबासी सक्रीय थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर झिकाएर समेत मंगलबार दिनभर खोजी गरिएको भएपनि आज बिहान स्थानीयबासीले शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परि मृत्यु भएका तुलबहादुर थापाको परिवारका ४ जना र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीबेणीमा सोमबार सामूहिक अन्तेष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनाकुमारी थापा, छोरी ३४ वर्षीय दिर्पा थापा, नातिनी ११ वर्षीय बिबिसा थापा, नातिहरु १५ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो ।

यसैगरी पहिरोमा परेर २८ वर्षीय कमला विकका साथै ८ वर्षीया छोरी प्रमिशा विक र १४ वर्षीय छोरा जेनिश विकको मृत्यु भएको छ।

बालकको खोजीका लागि बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाईमा शव खोजी गर्दा घर भन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए । मृतक बालकको शव आजै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिने स्थानीय प्रभु गुरुङले जानकारी दिए। अन्नपूर्ण पोस्टबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments