खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइररेका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ ।
स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो ।उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र स्याहारसुसारको आवश्यकता पर्ने बेलामा उनलाई आफन्तकै सम्झनाले टोलाइरहने बनाएको छ । श्रीमतीको एक वर्ष पहिले मृ*त्यु भयो, एक्लो छोरो पनि सर्पको टोकाईले ज्यान गएपछि जिटी एक्लो जीवन बिताउँदै आएका छन् । भिडीयो: