22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorized८० वर्षको उमेरमा छोराको बुबा !! सहयोगको अपिल (भिडियो)

८० वर्षको उमेरमा छोराको बुबा !! सहयोगको अपिल (भिडियो)

गुल्मीको चन्द्रकोट गाउँपालिका–५, धुवाँखोला निवासी ८० वर्षीय कले परियार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेका छन् । यो उमेरमा आएर पुत्रलाभ गरेका उनले सुत्केरी श्रीमती र नवजात पुत्रको स्याहार–सुसारका लागि आर्थिक सहयोग जुटाउन दौडधुप गर्नुपरेको हो । नागरिकताअनुुसार ७१ वर्ष उमेर उल्लेख भए पनि आफ्नो वास्तविक उमेर भने ८० वर्ष रहेको उनी बताउँछन् । लौरोको सहारामा हिँडडुल गर्ने उनका कलेटी परेका शरीर, खुट्टामा फाटेको चप्पल, शरीरमा न्यानो कपडाको अभावले नै आर्थिक अवस्थालाई उजागर गर्दछ ।

श्रीमती देवी परियारको कोखबाट १० दिन अघिमात्र छोरा जन्मिएकोमा खुशी देखिएका उनी सुत्केरी उकास्ने र न्वारन गर्ने खर्च नहुँदा आर्थिक सहयोगका लागि दौडधुप गरिरहेका हुन् । चन्द्रकोट गाउँपालिकाको वडा नम्वर–५ का अध्यक्ष टेकबहादुर पुनबाट सिफारिसपत्र बनाई उनी गाउँपालिका कार्यालयमा सहयोग माग्न पुगे । ‘के गर्नु हजुर, छोरा त जन्मियो तर सुत्केरी उम्काउने उपाय नभएपछि सहयोग उठाउँदै हिँडेको छु, गाउँघरमा चार÷पाँच माना चामल मागेर सुत्केरीलाई खुवाएँ, न्वारन गर्न बाँकी छ, सहयोगका लागि गाउँपालिकामा आएको हुँ,’ उनले यो उमेरमा कठ्याङ्ग्रिदो चिसोमा गाउँपालिका कार्यालयसम्म आउनुको बाध्यता सुनाए ।उनले ९ वर्ष अघि देवी परियारसँग दोस्रो विवाह गरेका रहेछन् । विवाहको दोश्रो वर्ष छोरी जन्मिएको उनले सुनाए । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments