27.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeसमाचारअब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने

अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने

अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ला रहने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो ।

राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन थालिएको हो । आगामी जेठ १५ गते आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने छ ।

राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गरिरहेको समेत बताएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments