25.5 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeअन्तरराष्ट्रियअमेरिकाले विश्वको सबैभन्दा शक्तिशाली लेजर हतियार बनाउँदै

अमेरिकाले विश्वको सबैभन्दा शक्तिशाली लेजर हतियार बनाउँदै

काठमाडौं । अमेरिकाले विश्वको सबैभन्दा शक्तिशाली लेजर हतियार बनाइरहेको छ । अमेरिकी सेनाले आगामी वर्ष यो हतियार प्रदर्शन गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
समाचारमा बनाइएअनुसार अमेरिकाले ३०० किलोवाटको लेजर हतियार बनाइरहेको हो । यो हतियार विकासको लागि अहिले जनरल एटोमिक्स इलेक्ट्रोम्याग्नेटिक सिस्टम (जीए–ईएमएस) र बोइङले संयुक्त रुपमा काम गरिरहेका छन् ।
यो हतियार जहाजको कन्टेनरको आकारको हुनेछ र ठूलो ट्रकमाथि यो हतियारलाई राखिने छ । यो अहिलेसम्म बनाइएको सबैभन्दा शक्तिशाली लेजर हतियार हुनेछ । जीए–ईएमएसका अध्यक्ष स्कट फोर्नेले यो अहिलेसम्मकै शक्तिशाली लेजर हतियार बन्ने बताए । अमेरिकी जलसेनाले सबैभन्दा पहिला ‘लज’ नामक लेजर हतियार सन् २०१४ मा बनाएको थियो ।
यसलाई यूएसएस पोन्समा राखिएको थियो। त्यतिबेला यो हतियारको क्षमता ३० किलोवाट थियो । धेरैजसो सेनाको लेजर हतियार ३० देखि १०० किलोवाटसम्म हुने गर्छ । यसले कुनै पनि ड्रोन, विमा वा हेलिकोप्टरलाई केही समयमा नै खरानी बनाउन सक्छ । अमेरिकाले आफ्नो आकाशमा आउन सक्ने जोखिमबाट बच्नका लागि लेजर हतियार निर्माण गरेको हो । जानकारहरुका अनुसार लेजर हतियारको सहयोगमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, ड्रोन, फाइटर विमानलाई पनि केही समयमा नै ध्वस्त पार्न सकिन्छ । एजेन्सी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments