अशोककुमार राईले बान्तवा भाषा लिए शपथ,चुम्लुङले लिम्बु सांसदलाई मातृभाषामा शपथ लिन आग्रह
निमा पोङ्स्युवा
धरान । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको चुनाब सम्पन्न भएपछि बिहिवार पहिलो बैठकसंगै प्रतिनिधि सभाका २७४ जना सांसदले शपथ लिएको छ ।
सुनसरी जिल्ला निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद अशोककुमार राईले मातृभाषा बान्तवा भाषामा शपथ लिएको हो । अशोक राई जनता समाजवादी पार्टी र एमालेको तर्फबाट साझा उम्मेदवार भै सुनसरी १ बाट निर्वाचित भएका हुन । राई पहिचानबादि पक्षधर हुन ।
त्यसैगरी किरात याक्थुङ चुम्लुङले लिम्बु सांसदहरुलाई लिम्बु भाषामा शपथ लिन आग्रह गरेका थिए । चुम्लुङ केन्द्रिय समितिले सिरिजंगा लिपि र देवनागरी लिपि नै शपथ तयार गरि सार्वजनिक गरेका थिए । सांसद सुदन किरातीले आफुलाई सबै भाषिले भोट दिएको भन्दै पहिचानमा स्पष्ट रहेको भन्दै खस भाषा सबैले बुझ्ने भएकोले त्यहि भाषामा लिएको बताए ।
बिहिवार भएको शपथ ग्रहणमा २६ जना सांसदले १४ वटा मातृभाषामा शपथ लिएका थिए ।
वान्तबा भाषाको शपथ :
अङका अशोककुमार राई हाङहोन कि हाङ्छामिचिदा कामायु लिसा अछ्ङ नुमिचिनङआ छुमि मुङा / माङओ नङ्दा किरे नेपालाओ हाङ्टुङमि हाङकाचिटुङ्मा नेपाली हाङ्छामिचिदा युङ्याङओ नेपालाओ ढिहाङ्होनछापदा झाराक काङ्मायु लिसा प्रतिनिधि सभाओ सालुम्साङ काचिदा तुङयाङओ दुम्सेङ्दा युङ्सा हाङ्होन कि हाङ्छामिचिओ नुमिन्मा मुसा कोइचिदाङका मान्कामाङ धात्नि ह्युत्नि मान्चमाङ आराङओ खानअतदुम मान्मित्माङ कि अतओ मिन्मा मान्मिन्माङ कुम्मायु दुम युङ्सा सायमिआ काचि मुङा ।