धरान । एमालेसंग तालमेल गरेका जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष अशोक राईले आगामी मंसिर ४ गतेको चुनाब जित्ने दाबि गरिएको छ ।
आइतबार जनता समाजवादी पार्टी कार्यालय धरानमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा यस्तो दाबि गरिएको हो । उम्मेदवार अशोक राईले अहिलेसम्मको तयारी हेर्दा एमालेसँग तालमेल भएको आधारमा जित सुनिश्चित भएको दाबि गरे ।
उम्मेदवार राईले धरान सहित सुनसरी १ मा एमालेले पटकपटक बिजय हाँसिल गरिएको क्षेत्र भएको दाबि गरे । यस क्षेत्रमा जनता समाजवादी पार्टी पनि राम्रो भएको बताए । अघिल्लो उप चुनाब र हालै सम्पन्न स्थानीय तहक चुनाबमा मेयर उपमेयरको हारले केहि सिक्नुपर्ने अवस्था आएको बताए ।
हालसम्मको प्रतिस्पर्धामा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार र मनोज मेयाङ्बोको बागि उम्मेदवार नै प्रतिस्पर्धामा रहेको स्वीकार गरे ।
उम्मेदवार अशोक राईले आगामी चुनाबपछि एमाले र जनता समाजवादी पार्टीको बहुत आउने दाबि गरे । उनले दुई पार्टीको आगामी सरकार बन्ने दाबि गरे । जनता समाजवादी पार्टी र एमालेको तालमेलको चुनाबिले १३८ सिट जित्ने दाबि गरे । त्यो सिटसंख्या भनेको सरकार बनाउने बहुमत भएको बताए ।