18.1 C
Kathmandu
Friday, March 31, 2023
E Sewa
Homeसमाचारआज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच?

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच?

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, स्वीस फ्रैङ्क, अष्ट्रेलियन डलरलगायतको भाउ बढेको छ ।

बिहिबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो ।

यस्तै बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ । यसअघि बुधबार पाउण्डको खरिददर १६१ रूपैयाँ ५ पैसा र विक्रीदर १६१ रूपैयाँ ७९ पैसा थियो ।

यस्तै,युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा कायम गरिएको छ । यसअघि बुधबार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

यसैगरी अष्ट्रेलियन डलरको खरिद मूल्य ९२ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यसको खरिद मूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, स्वीस फ्रयाङ्क १ को खरिददर १४२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४० पैसा छ । बुधबार स्वीस फ्रयाङ्कको खरिददर १४० रूपैया ८४ पैसा र बिक्रीदर १४१ रूपैयाँ ४९ पैसा थियो ।

बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ एक पैसा तोकेको छ ।

कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

आज युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा पाइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments