धरानमा ब्यापार मेलाको संपुर्ण तयारी पूरा
धरान / फागुन १५ गतेदेखि लाग्ने औद्योगिक ब्यापार मेलाको संपुर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा हुन लागेको ब्यापार मेला बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।पत्रकार सम्मेलनमा मेलामा ८६ वटा स्टल राहने भन्दै सबै स्टल बुक भैसकेको जानकारी दिए।ब्यापार मेलाको उद्घाटन संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडद्वारा हुनु जानकारी दिएको छ।
८६ स्टलमा बैक बित्तीय संस्था २ वटा,होटेल ५ वटा,ढाका अल्लो ह्यान्डिक्राफ्ट ८ वटा,नर्सरी २ वटा,मह ४ वटा,गार्मेण्ट ५ वटा,अर्गानिक अचार,चिया,ललिपप ९ वटा स्टल रहने जनाएको छ।त्यसैगरी मेलामा अन्तर्राष्ट्रिय उत्पादनहरु रहनेछ्न।भारत बंगलादेश र पाकिस्तानका उत्पादनका लागि १४ वटा स्टल रहने कुरा पत्रकार सम्मेलनमा जानकारी गराए। मेलामा पुस्तक तथा स्टेसनरीका २ वटा स्टल रहनेछ।थापा सिँचाइ,स्थानीय भवन निर्माण,भवन निर्माण कम्पनीका एक एक वटा स्टल रहनेछ।अटोमोबाइल र आईस्क्रीमका २-२ वटा स्टल बुक भैसकेको जानकारी दिए। बराह ग्रुपले मेलामा ६ वटा स्टल राखिने छ।त्यसैगरी स्टलमा चाउचाउ,स्वास्थ्य,पर्यटन,चित्रकलाका,कार्पेट,शैक्षिक संस्था समेतको स्टल रहने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए।
ब्यापार मेलामा गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन रहेको छ।आईएमई बैकको प्रायोजन र बराह ग्रुप डिभाईन वाईनको सहप्रायोजनमा मेला लाग्न शुरु गरिएको छ।
पर्यटन,कृषि,सुचना प्रविधी,कला संस्कृति,शिक्षा, तथा औद्योगिक ब्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको हो।