ललितपुरको कुपन्डोलस्थित एक घरमा आगलागी भएको छ । ललितपुर महानगरपालिका कुपन्डोलस्थित एक घरमा दिउँसो तीन बजेतिर आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
उनका अनुसार अहिले आगलागी नियन्त्रणमा लिने काम भइरहेको छ । ‘अहिले आगलागी नियन्त्रणमा लिइरहेका छौं,’ उनले भने ,’विद्युत सर्ट भएर आगलागी लागेको हो कि भन्ने अनुमान छ ।’
घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।