कोरोना महामारीका कारण रगतको चरम अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना
रेशव खतिवडा । “शान्त नेपाल समाज” काठमाडौँले आयोजना गरेको रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शान्त नेपाल समाजले सानोगौचरणमा आयोजना गरेको दोस्रो चरणको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले रक्तदान जीनवदान भएकाले रगतदान गर्ने बानीको बिकास गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
संस्थाका अध्यक्ष सुरेन्द्र खड्काले “शान्त नेपाल समाज”ले बिभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएकोमा अब आउने दिनहरुमा पनि संस्थाले सामाजिक कार्यहरुलाई थप निरन्तरता दिने जानकारी दिनु भयो ।
कार्यक्रममा रक्तदाताहरुलाई समाजका अध्यक्ष खड्काले रक्तदान कसरी गर्ने, किन गर्ने र कस्तो अवस्थामा गर्न हुने, नहुने भन्ने बारेमा प्रशिक्षण समेत दिनुभएको थियो । उहाँले कोरोना महामारी फैलिएको बेला रगत अभाव भएकाले त्यस्को पुर्ती गर्न कार्यक्रम गर्नु परेको बताउनुभयो ।
सो अवसरमा पटक पटक रक्तदान गरेका बिभिन्न ब्यक्तिहरुलाई समाजले सम्मान गरेको कार्यक्रमका संयोजक तथा समाजका कोषाध्यक्ष सुरज थापा र समाजका सचिव प्रज्वल क्षेत्रीले जानकारी दिनुभयो ।
नेपाल सरकारको नियम, कानुन र हाल कायम रहेको मान्यतालाई कयम राखी सामाजिक दुरिको पालना गरि समाजले कार्यक्रम गरेको थियो भने कार्यक्रम संयोजक कोषाध्यक्ष सुरज थापा लगायतका ब्यक्तिहरुले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा ३० युनिट रगत संकलन गरि नेपाल रेडक्रस सोसइटीलाइ हस्तान्तरण गरिएको थियाे ।