कोरोना महामारी सामान्य नभएसम्म गाउँ गएकालाई नफर्कन आग्रह

काठमाडौं । काठमाडौंमा डेरा गरेर बस्नेहरुलाई तत्काल फर्किन नदिन काठमाडौंका पालिकाहरुको कठोर निर्णय ललितपुर । काठमाडौं उपत्यकाका स्थानीय तहले कोरोना महामारी सामान्य नभएसम्म गाउँ गएकालाई नफर्कन आग्रह गरेका छन् । लकडाउनअघिदेखि उपत्यका छाडेका सर्वसाधारण फर्कन थालेपछि चन्द्रागिरि नगरपालिका–१५ ले सूचना नै जारी गरेर घर भाडामा बस्नेलाई अवस्था सामान्य नभएसम्म घर गएका कसैलाई नफर्कनू भन्दै फोन गर्न घरधनीका नाममा सूचना जारी गरेको छ । केही दिनयता उपत्यका भित्रिने क्रम बढेपछि ललितपुर महानगरपालिकाका वडाहरु ९, ११, १२ र १९ ले पनि घरधनीलाई यस विषयमा सूचित गरेका छन् । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो सूचना जारी गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । कोठा भाडामा बस्नेहरू जबर्जस्ती फर्केको वा घरभित्र छिर्न खोजेमा टोल सुधारमार्फत् वडा कार्यालयलाई जानकारी दिन पनि भनिएको छ ।

वडाको सूचनालाई बेवास्ता गरेको पाइएमा टोल सुधार समितिको निगरानीमा १४ दिनसम्म घर लक गरिदिने ललितपुर–९ का अध्यक्ष राजु महर्जनले बताए । यस वडामा ३ हजार ४ सय ४८ घरधुरी छन् । ‘कोरोना भाइरसका कारण घरधनी नै त्रसित छन्, गाउँबाट फर्केकालाई कोठामा बस्‍न दिन उनीहरू पनि अनकनाउँछन्,’ महर्जनले भने । बिहीबारदेखि नै घरधनीले बहालवालालाई फोन गर्न सुरु गरेको उनले बताए । ‘गाउँबाट फर्केको खण्डमा उनीहरूले कोरोना परीक्षणको रिपोर्ट ल्याउनुपर्ने र १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ,’उनले भने, ‘अहिले केही लक्षण देखिँदैन, कोठा छुट्टै भए पनि शौचालय एउटै हुन्छ, त्यसैले घरमै बस्‍न आग्रह गर्न लगाएका छौं ।’ यस वडामा बुधबार चितवनबाट २ जना बहालवाला आएका थिए । तर उनीहरूलाई घरधनीले कोठामा पस्न दिन अप्ठ्यारो माने । उनले भने, ‘पैसा तिरेर क्वारेन्टाइनमा बस्ने कि घर फर्कनेभन्दा उनीहरू घर नै फर्किए ।’ महानगरको वडा–१२ मा पनि बाहिरी जिल्लाका मानिस आउने क्रम बढेपछि यस्तै सूचना निकालेको वडाध्यक्ष नारायणलाल अवालले बताए । ‘वडाका १० वटा घरमा बहालवाला आएको खबर सुनेको छु,’ उनले भने, ‘उनीहरू समुदायमा घुलमिल हुने भएकाले घर पठाउने कि क्वारेन्टाइन राख्नेबारे छलफल जारी छ ।’ चन्द्रागिरि–१५ का अध्यक्ष उत्तमबहादुर राउतले घरधनीलाई जिम्मेवार बनाउन र उपत्यका आउन चाहने बहालवालालाई निरुत्साहित गर्न यस्तो सूचना जारी गरेको जनाए ।

‘भाडामा बस्ने मानिसहरू आएको खण्डमा आरडीटी परीक्षण र १४ दिन क्वारेन्टाइन अनिवार्य गरेका छौं,’ उनले भने, ‘परीक्षण र क्वारेन्टाइनको झन्झटदेखि निरुत्साहित भएर घरमै बसून् भनेर यस्तो गरेका हौं ।’ नगर प्रवक्ता हरिभक्त महर्जन भन्छन्, ‘हालसम्म नगरपालिकाले निर्णय गरेको छैन । वडावासीको त्रासलाई ख्याल गरी उक्त वडाले मात्रै यस्तो सूचना जारी गरेको हो ।’ नगरपालिकामा विभिन्‍न जिल्लाबाट ४० जनाभन्दा बढी मानिस भित्रिसकेको उनले जानकारी दिए । स्थानीयबाहेक सबैलाई आरडीटी टेस्ट अनिवार्य गरेको बताउँदै उनले भने, ‘उपत्यकामा लकडाउन कडाइ गरे पनि गाडीमा भन्दा पनि हिँडेर आउने मानिसहरू नगरपालिका प्रवेश गरेका छन् ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालको टोलीले बुधबार उपत्यका भित्रिने मुड्खु, नागढुंगा, साँखु, जगाती, भीमढुंगा नाकाको अनुगमन गरेको थियो । विभिन्न जिल्लाबाट उपत्यकाभित्र मानिस लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमन गरेको उनले बताए । ‘अत्यावश्यक मालवाहक सवारीहरूमा मानिस लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना आएको थियो,’ उनले भने, ‘तर त्यस्तो पाइएन ।’ कान्तिपुर दैनिकबाट ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५