क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई वीस हजार प्रदान
निमा पोङ्स्युवा
धरान । धरान १५ बगरकोटमा निर्माणाधीन क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा निर्माणका लागि आर्थिक सहयोग वीस हजार प्रदान गरेको छ ।
शनिबार भवन परिसरमा श्री हिमालि शिङ्साबा भोटिया समाजको १९ औ वार्षिक साधारण सभाको अवसरमा दार्जिलिङ मिरिकका जेबा भोटिया हमुवाले उनको स्वर्गीय बुवा ङेरुक हमुवाको नाममा नदग दश हजार रुपैया प्रदान गरिएको छ । त्यसैगरी धनकुटा घर भै हाल धरान उपमहानगर वडा नम्बर १५ निवासि पुर्णबहादुर लिम्बुले पनि आफ्ना ससुरा बा छितेन पोङ्स्युवाको नाममा दश हजार प्रदान गरिएको छ ।
दुबैजनाबाट प्राप्त भएको रकमलाई गुम्बाका कोषाध्यक्ष छजुङ लामा र अध्यक्ष बम्बु नुप्पाले लिएका थिए । गुम्बाले शिलालेखमा नाम राख्नको लागि भनेर दश हजार निर्णय गरिको छ ।
शिबगंगा बस्तिको संरक्षणमा रहेको जग्गालाई धरान उपमहानगरले आधिकारिक रुपमा पाँच कठ्ठा जग्गा उपलब्ध गराएका छन । सोहि जग्गामा बिगत केहि वर्षदेखि गुम्बा निर्माण गर्दै आएको छ । क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा प्रदेश सांसद उमिता बराईबाट सात लाख,सांसद जयकुमार राईबाट दश लाख,गुम्बा बिकास समितिबाट पाँच लाख,अर्थ मन्त्रालयबाट तिस लाख र प्रदेश १ बाट पाँच लाख उपलब्ध भै निर्माण कार्य भैरहेको छ । त्यसैगरि बिभिन्न ब्यक्ति संघसंस्थाबाट समेत उपलब्ध आर्थिक सहयोगबाट प्राप्त भएको समेत हालसम्म करिव ७० लाख जति लगानि भैसकेको कुरा गुम्बाका उपाध्यक्ष मिक्मा भोटेले जानकारी दिए ।
करिब एक करोडको लागत स्टिमेट गरिको गुम्बा दुई तले बन्दै गैरहेको छ । भौतिक रुपमा गुम्बा निर्माण भैरहेको छ भने रङरोगन मुर्ति राख्न समेत गरि करिब ४० लाखसम्म लाग्ने अनुमान गरिएको पनि गुम्बा निर्माण समितिले जानकारी दिएको छ ।