दु:ख लाई स्वागत ।
बिनिता अधिकारी
जो मानिसहरु दु:खलाई सधैं स्वागत गर्छन् ति मानिसहरु आफैमा मुर्ख हुन । हामी मध्य धेरै जसो मानिसहरु जहिले पनि दुखलाई सत्कार गरिरहेका हुन्छौं । हामी जुन अवस्थालाई हामीदेखि टाढा राख्न चाहन्छौँ त्यसैलाई नै जिवनमा बोलाइरहेका हुन्छौ ।
साँचो कुरा के हो भने जिवनमा दु:ख कष्ट थकान निरासा आउनुको कारण हो आशंका। हामी दु:ख पर्नु अगाडि देखिनै त्यसको आशंकाले हामीलाई बारम्बार मनमा आएर दु:ख दिदै आइरहेको हुन्छ ।
कुनै पनि कामले हामिहरुलाई दुख दिएको बरु तर त्यसप्रती आउने विचारले वारम्बार हामीहरुलाई मनमा सताइरहन्छ । बिल तिर्ने समय भएको हुदैन तर त्यसको चिन्ता वारम्वार हामीहरुको मनमा आइदिएर मन नै बिथोलिने गर्छ ।
त्यसैले यदि हामीले शंका गर्ने बानी छाडने हो भने हामिहरुका सबै दु:ख कष्ठ हरु भाग्नेछन् वा कम हुदै जानेछन् । यस बारे एउटा भनाई पनि रहेको छ “सशयात्त्मा विनश्यती “जसले शंका गरिरहन्छ उ नाश भएर जान्छ; शंकाले हरेक पटक हाम्रो प्रगतिको मार्ग छेकिदिन्छ ।
हामी जतिवेला कुनै मार्गमा जानुपर्ने हुन्छ त्यतिनै बेला त्यो आफ्नो कालो अनुहार देखाउन आएको हुन्छ र हामिलाई त्यस मार्ग बाट पछी हट्ने सुझाव दिन थाल्छ।त्यसपछी हामी गम्भीर सोँच र दोधारमा पर्न जान्छौँ । के यो मार्ग ठिक छ त ? के यो मार्ग उचित छ त ? या अरु कुनै योजना बनाउनु पर्ला ? शेक्सपियरले भनेका छन् “शंका हामीहरुको शत्रु हो” । यसले हामी जुन काम आफ्नो हातले गर्न सक्छौ त्यसलाई हामिहरुको हातबाट खोसेर लिइदिन्छ किनकि यसले हामीहरुको मनमा डर पैदा गरि त्यस कार्य लाई शुरु नै गर्न दिदैन ।
के तपाईंहरुले कहिले यो कुरा सोच्नु भएको छ । जिवनमा जतिसुकै नराम्रो कुराहुरुको अनुभव हुनु अगावै त्यस्को शंकाले हामिलाइ सताइरहेको हुन्छ त्यस मध्ये कतिपय दुख कष्टहरु त कहिले आएको समेत हुदैनन । हामी जुन दु:ख को आशंकाले पीडित भएका हुन्छौं त्यस मध्ये कतिपय दु:खहरु त वास्तवमा कहिल्यै पनि आएका हुदैनन्। ती अनावश्यक आशंकाहरु त हामीहरुको मनमा पैदा भएको राक्षस तथा भुतप्रेतहरु हुन् जस्ले हामीलाई अनावश्यक रूपमा सताउने चिन्ता-दु:ख दिने निराश बनाउने गर्दछन् ।
दु:ख हुने आशंकावाट हामीले जति पनि दु:ख पाएका हुन्छौं त्यसको आधा दु:ख पनि वास्तविक दु:खवाट भएको हुदैन । हामी सोच्ने गछौ कि यदि केहि कुरा गल्ती भइहाल्यो भने त्यसको नतिजा ज्यादै डरलाग्दो हुनेछ तर त्यसको नतिजा ले हामीलाई त्त्यति धेरै दुःख भएको हुदैन जति त्यसको आशंका गर्नाले भएको हुन्छ । कतिपय मानिसहरु ले सोच्ने गर्दछ्न अलिकती घाउ चोट भएमा मात्र पनि ठुलो रोग पो लाग्ने हो कि, खुट्टा नै काटनु पर्ने पो हो कि, शायद मेरो मृत्यु पो हुने हो कि ? तर सत्य कुरा यो हो कि त्यस किसिमको साधारण चाेटपटकवाट त्यती ठुलो डरलाग्दो नतिजा आउने कुरा कहिलेकाहीँ अपवादको रुपमा मात्र आउने गर्द्छ ।
हाम्रो जिवनमा आउने समस्यासँग तँपाईहामी लड्न त सक्छौँ तर त्यो दुख-पीडा आउन भन्दा अगावै देखि आउने डरको शंकाले जीवनको आनन्दलाई किन बिगार्ने ? अलिकती सोचेर हेरौ त ती आशकाहरुले हाम्रो शरिरको कति रगत चुस्न चाहन्छ्न । अनावश्यक रूपमा शंका गर्दै जिवनका कतिपय बर्षहरुको वलि दिने ? जब चिन्ता, डर र शंकालाई हामी तिरस्कार गर्दै भगाउन सक्छौ भने त्यस्लाई किन नभगाउने ? के हामीले सधैं मनमा दु:खको, दुर्घटनाको, समस्याको गरिबीको , असफलताको विनास गर्ने किसिमका खराव कुराको अनावश्यक चिन्ताहरुको थुप्रै लगाई राख्नु बुद्धिमानी कुरा हो ?
यदि हामीले मनमा संकल्प गर्यौँ, प्रबल इच्छाशक्ति मनमा राख्यौँ, भविष्यको चित्र सुखमय-आनन्द दिने खालको दु:ख रहित सोच्न सक्यौँ भने हामिहरुको जिवन त्यस्तै नै हुनेछ किनकि यदि हामिले आफ्नो भविष्यका बारेमा त्यस किसिमवाट सुन्दर रूपमा हेर्न थाल्यौँ भने वास्तवमै हामी त्यसलाई सुन्दर देख्नेछौँ र हामीहरुको ईच्छा अनुरुप नै हामीहरुले सुखमय जिवन को निर्माण गर्न सक्छौ। त्यसैले हामीले आफ्नो भविष्य सुन्दर र सफल अनि आनन्द हुने आशा गर्नु पर्छ। दु:ख हुने कल्पना र शंका गर्नहुँदैन ।आउनेवाला समयमा प्रसन्नता दिने चिज र घटनाहरुका वारेमा मात्र सोच्नु पर्छ ।
यस्तो कुरा सोच्ने गर्नुपर्छ कि हाम्रो व्यापार व्यसाय सफल हुने छ काम राम्रो हुनेछ ,असफलता प्राप्त हुने कुरामा शंका गर्नु हुदैन त्यस पछी हामी अफ्फै छ्क्क पर्ने छौ त्त्यस किसिमको विचारधारावाट हाम्रो जिवनमा कति धेरै परिवर्तन आएको हुन्छ ।हामी दु:ख र रोगलाई जति सजिलै निम्तो दिन सक्छौ त्यती नै सजिलो सुख र आरोग्यतालाई पनि दिन सक्दछौ ।अनि त्यसो हो भने हामीले आफ्नो मनमा रोग हुने शंका पालेर रोगि बन्दै किन मूर्ख वन्ने ? किन हामिले आफ्नो मनोवृत्तिलाई स्वस्थ नवनाउने र सुखको आशाले पुर्ण नबनाउने ? हामी किन दु:ख र रोगहरु बाट घेरिएर बस्ने र जिवन को आनन्दलाई अनावश्यक चिन्ता गरि आनन्दलाई गुमाउने?