निमा पोङ्स्युवा
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले धरानको बाटो बिस्तार गर्ने जनाएको छ । खानेपानीको अभियानमा केन्द्रीत भएका मेयर साङ्पाङले अव खानेपानीबाट ध्यान बाटो बनाउने तर्फ मोडिएको देखिन्छ ।
मेयर साङ्पाङले सामाजिसंजाल फेसबुकमा आइतबार स्टाटस लेख्दै धरानको बाटो बिस्तार गर्ने बताएको छ । उनले बाटो बनाउन घर काट्ने संकेत दिएको छ । बाटोको लागि घर नभत्काए पनि घर काट्ने भने संकेत गरेको छ । उनले भनेका छन – `घर नभत्काए पनि अलि अलि ताछ्नुपछ है । लोभ नगर्नु ´
मेयर साङ्पाङको स्टाटस :
`अब धरानमा बाटो बिस्तार नगरी भएन ! घर नभत्काए पनि अलि अलि ताछ् नु पर्छ है ! लोभ नगर्नु !´