18.1 C
Kathmandu
Friday, March 31, 2023
E Sewa
Homeराजनीतिनिर्वाचन आयोगले झूठ फेसबुक पेज र ग्रुपहरु तत्काल हटाउन सूचना गर्‍यो

निर्वाचन आयोगले झूठ फेसबुक पेज र ग्रुपहरु तत्काल हटाउन सूचना गर्‍यो

निमा पोङ्स्युवा

काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुनगैरहेको आम निर्वाचनको लागि लक्षित गरि बनाएको “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज / ग्रुपहरु तत्काल हटाउन सुचना जारि गरिएको छ ।

जसप नेपाल चुनाव प्रचार सामग्री

कार्तिक ८ गते सूचना जारि गर्दै निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुकोबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य / श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ उल्लेख छ । यस्ता झूठ फेसबुक पेज / ग्रुपहरु सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (इ) को प्रतिकूल रहेको उल्लेख छ ।

आयोगले यस्ता प्रकारको गतिविधि कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको जनाएको छ ।

त्यसैले झुठ फेसबुक पेज / ग्रुपहरु तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको उल्लेख छ । सुचनामा उक्त फेसबुक पेज / ग्रुपहरु तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments