निर्वाचन परिणामसंगै पहिचानवादि दल खस्कियो,पार्टी एकीकरणको प्रस्ताव गरे पालुङ्बाले
–निमा पोङ्स्युवा
धरान । संविधान जारि भएपछि देशमा दोस्रोपटक आम निर्वाचन सम्पन्न भएको छ । तर निर्वाचन परिणामले पहिचानवादि दल झनै खस्किएको छ ।
अन्तिम परिणाम आउन केहि सिट बाँकि रहँदा काङ्ग्रेस एमाले नै ठुलो दलको रुपमा देखिएको छ । यद्यपि त्यो पनि सरकार बनाउन पर्याप्त छैन । तर त्यसको तुलनामा पहिचावादि भनेर ढ्वाङ फुक्नेहरु झनै कमजोर देखिए । जनता समाजवादि पार्टीको अध्यक्ष उपेन्द्र यादबको पराजित,जनमुक्ति पार्टीको अध्यक्ष केपि पालुङ्बाको हार । संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको अध्यक्ष कुमार लिङ्देन समानुपातिकमा बसेपछि यि शक्ति नाकाम देखिए । जनता समाजवादि पार्टी तिन टुक्रा भएको परिणाम राम्रोसँग देखियो । पहिचानवादी दलको तत्कालीन पहिलो संविधान सभामा भने बहुमत थियो तर त्यसको सदुपयोग गर्न नसक्नु नै त्यसको अभिसाप भए ।दोस्रो संविधान सभा निर्वाचनदेखि २०७९ को आम निर्वाचनसम्म आईपुग्दा खस्किने क्रम जारी रहेको देखिन्छ ।
निर्वाचन परिणामसंगै पहिचानवादि पार्टीको चेत खुलेको देखिन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङ्बाले मत परिणाम देखेर पार्टी एकीकरणको आह्वान गरेको छ । पालुङ्बालेले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी एकीकरणको आह्वान गरेको छ ।उनले लेखेका छन -“सम्पुर्ण पहिचान पक्षधर शक्तिहरुलाई एकताको लागि हामिले लिखित प्रस्ताव गरेका थियौं, पुन एकताको लागि हार्दिक आव्हान गर्दछु ।”
केपि पालुङ्बाको स्टाटस:
“सम्पुर्ण आदरणीय मतदाताज्युहरुमा हार्दिक आभार तथा धन्यवाद टक्र्याउन चाहान्छु । युवाहरुले काङ्ग्रेस र कम्युनिस्टहरुको बिकल्प खोजिरहेको देखियो तर बैचारिक र सैधान्तिक पाटोबाट नभएर उनीहरुको गलत कृयाकलाप बिरुद्ध तर पहिचान र अधिकार बिहिनहरुको आवाज थाहा पाएनन्, बिभेदै बिभेदहरुले पिल्सिरहेका, तड्पिरहेका समुदायहरुको ब्यथाहरु उनिहरुले बुझेनन्, बाड्ने ठाउमा बसेकाहरुले माङ्ने ठाउमा बसेकाहरुलाइ गर्ने व्यबहार उनिहरुले पत्तै पाएनन् यी युवाहरुको सेन्टिमेन्ट हेर्दा नेपालमा पनि ” बेनितो मुसोलोनी” जस्तो ब्यक्तिको जन्म नहोला भन्न सकिन्न !! अब मिलिजुली भागबन्डाको सरकार बन्ने भयो र मुलुक अस्थिरतामा जाने भयो ।
पहिचान हार्ने र सिद्धिने कुरा त होइन तर पहिचान र अधिकारको लागि लड्नेहरुको शिर झुकेकोछ !! सम्पुर्ण पहिचान पक्षधर शक्तिहरुलाई एकताको लागि हामिले लिखित प्रस्ताव गरेका थियौं, पुन एकताको लागि हार्दिक आव्हान गर्दछु ।”