22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeविविधनेपाली इतिहासमै पहिलो पटक क्यारेम खेलले पायो राष्ट्रिय स्तरमा अधिकारिकता

नेपाली इतिहासमै पहिलो पटक क्यारेम खेलले पायो राष्ट्रिय स्तरमा अधिकारिकता

काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा अधिकारिकता प्रदान गराउने कार्य सम्पन्न भएको छ ।

अल नेपाल क्यारेम एशोसिएसन ALL NEPAL CARROM ASSOCIATION (ANCA) ले राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीहरूबाट प्रथम, दोस्रो र तेस्रो क्रमश अशोक तामाङ, विशेष ढकाल, करण मगर, कविन सुनुवार, शेराज अन्सारी, क्रान्ति रावललाई राष्ट्रिय खेलाडीको रूपमा छनोट गरेको छ ।

२०२२ मा हुन गैरहेको विश्व कप क्यारेम खेलमा नेपालको प्रतिनिधित्व हुने गरि नेपालका राष्ट्रिय स्तरका खेलाडीहरूलाई विश्व कप क्यारेम प्रतियोगितामा भाग लिनकालागि विदेश लैजाने तयारी छ ।

अल नेपाल क्यारेम एसोसिएसनद्वारा आयोजित नेपालमा पहिलो पटक राष्ट्रिय क्यारेम च्याम्पियन्सिप कार्यक्रम यही मिति साउन १३,१४ गते राष्ट्रिय टेबल टेनिस हल लैनचौर काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेस्वर जंग गहतराज(अथक) तथा राखेपका सदस्य सचिव टङ्क लाल घिसिङ, फाउण्डेसनका अध्यक्ष सुरेन्द्र ढकाल लगायतको आतिथ्यमा उद्घाटन भएको थियो ।


समापन कार्यक्रममा विश्व कप क्यारेम एसोसिएसनका महासचिव विवेक देश नारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय घोस, डिस्ट्रिक्ट क्यारेम एशोसिएसन पश्चिम बङ्गालका सचिव सञ्जीव घोसलगायतले खेलाडीहरुको मनोबल बढाउन मन्तव्य राख्नुभएको थियो ।

विश्व कप क्यारेम एसोसिएसनका महासचिव विवेक देश नारायणले समापन कार्यक्रममा पुरस्कार बितरण गर्दै क्यारेम खेलमा आफ्नो उच्च मनोबलका साथ विश्व कपमा नेपालले उत्क्रिष्ट नतिजा ल्याउनेमा आफू आशावादी रहेको धारणा राख्नुभयो ।

अन्तराष्ट्रिय विश्व कप क्यारेममा नेपालको तर्फबाट विश्व कपमा सहभागी हुने नेपाली खेलाडीहरूलाई अल नेपाल क्यारेम एशोसिएसनकी अध्यक्ष बिनिता अर्यालले बधाई तथा शुभकामना दिदै कार्यक्रममा साथ सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूमा धन्यबाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।

शुभारम्भ कार्यक्रमको सञ्चालन सुस्मा कार्की र समापन कार्यक्रम हरि तामाङले गर्नु भएको थियो !

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments