निमा पोङ्स्युवा/ नबिन रम्तेल ध्ररान । धरान उपमहानगरपालिका वडा नम्बर १७ को दुईवटा मतदान केन्द्रको कुल मतदाता केन्द्र कुल ९४८५ जना रहेका छन । तर दुईवटा मतदान केन्द्रमा उत्साह कम देखिएको छ ।दिउसो २ बजेसम्म धरान १७ को पंचकन्या माबि केन्द्रमा जम्मा ८४५० जना मतदाता रहेकोमा २९५१ मत मात्र खसेको छ । त्यसैगरी १७ को ज्वालामुखि माबि पटनालिमा जम्मा १०३५ जना मतदाता रहेकोमा जम्मा ४२२ मत खसेको कुरा त्यहाँका मतदान अधिकारीले जानकारी दिए । ज्वामुखि पट्नालिमा एउटा मात्र बुथ छ भने पंचकन्यामा ८ वटा बुथ केन्द्र रहेका छन ।