पुँजीवाद र साम्यवाद भन्दा ठूलो चिज त अस्तित्व रहेछ पूँजीवादको धूँवाले पृथ्वी ध्वस्त भैरहेको छ –कुमार लिंदेन

कांग्रेस र एमालेका नेताहरुले हामीलाई तिमीहरुको सबै ठिक छ दर्शन नै छैन । कि पूँजीवाद रोज कि साम्यवाद रोज भन्छन् । खाली दर्शन छैन भन्छन् । हाम्रो नेपालमा के छ भने फेरी पढेलेखेकाहरुको जबरजस्त पकड छ । शिक्षकहरुको पढेलेखेको वर्गहरुको जबरजस्त गाँउसम्म पकड छ । मान्छेहरु परिवर्तनका लागि आउन चाहन्छन तर एउटा शिक्षकले रोकीदिन्छ । ऊ कि एमाले कि कांग्रेसको कार्यकर्ता हुन्छ । उसले यिनिहरुको दर्शन नै छैन भनिदिन्छ । हामीलाई पनि लागिरहेको थियो कि हाम्रो दर्शन नै छैन नै त ? भन्ने कूरा । त्यसपछि हामीले एउटा दर्शनलाई सारेका छौं । हामीले संघीय सहअस्तित्ववाद,संघीय सामूदायिक समाजवाद र र्सघीय इको– इकोनोमीलाई दर्शनको रुपमा अघि सारेका छौं । अहिले हाम्रो दावी के छ भने संसारको कूनै पनि घटना हामी यहीं दर्शनमार्फत विश्लेषण गर्न सक्छौं ।

  • संघीय सहअस्तित्ववाद

र्दािर्जलीङमा अहिले आन्दोलन भैरहेको छ । उनिहरुले खान लाउन पाइरहेका छन । नेपालका सबैभन्दा शिक्षितहरु र्दािर्जलीङ गए्र पढे । राजादेखि लिएर सबैभन्दा ठूला ठूला मान्छेहरु त्यही. गएर पढे । र्दािर्जलीङमा सय वर्षअघि रेल पुग्यो । हामी भन्दा राम्रा अंग्रेजी बाल्छन् त्यहाँँका मान्छेहरु । गोपाल योन्जनदेखि अम्बर गुरुङस््म्म ई्न्द्रबहादुरदेखि पारिजातसम्म सब उताकै विव्दानहरु हुन । तर पनि अहिले उनिहरु किन मरिरहेका छन् ? त्यहाँ ठेला चलाउने मान्छे मरेका छैनन् । सुटेडबुटेड केहि बुझेका मान्छे ड्याङड्याङ गोली खाएर मरिरहेका छन, किन ? यसमा पूँजीवादले व्याख्या गरोस त । पूँजीवाद साम्यवादले त खान लाउन भएपछि त पुग्छ भन्छ त ? पूँजीवाद साम्यवादले त त्यसलाई विश्लेशण गर्न सकेन । उनिहरु अस्तित्वको लागि मरिरहेका छन । हो, यसलाई संघीय सहअस्तित्ववादले मात्रै विश्लेषण गर्नसक्छ । जव रुस र चाइाना भर्खरका राष्ट्रहरु थिए । त्यतिखेर उनिहरु आफना खुट्टामा उभिने कोशिस गर्दै थिए । वेलायत र अमेरीका विकासको चरम चुलीमा पुगेको थियो । आफना सामान बेच्नका लागि बेलायत र अमेरीकाले के हल्ला फिजायो भने फ्रि मार्केट, ओपन मार्केट भन्यो । ए चाइना ए भारत, ए रुस तिमिहरुको ढोका खोल,हाम्रो सामान लैजाऊ, तिमीहरुको सामान पनि लेउ भन्यो  ।

हङकङ चाइना के आधारमा एकता भने त्यो कूनै पूँजीवाद र साम्यवादको आधारमा हैन । त्यो एउटा सहअस्तित्ववादको आधारमा भयो । अमेरीकालाई राम्रोसंग थाहा थियो चाइना को सामान अमेरीका गए पनि बिक्दैन भनेर । किनभने क्वालिटी पुग्दैनथ्यो । तर पनि ओपन मार्केट,ओपन मार्केट भन्यो उसले । तर जब चाइनाले सामान उत्पादन गर्न थाल्यो । त्यतिबेला फेरि अमेरीकाले भन्नथाले टम्पले क्लोज,क्लोज । चाइनाको सामानमाथि प्रतिबन्ध लगायो । भनेपछि आफनै देश खतम हुन लाग्दा त पुँजीवाद पनि होइन रहेछ नि । सबभन्दा ठूलो त अस्तित्ववाद रहेछ । सबै विदेशीहरु अमेरीकाबाट भाग भन्दा राष्ट्रपति टम्पका विरोधीहरुले यस्तो कूरा नगरौ, विश्वमा मानवअधिकारवादका कूरा गर्ने अमेरीकाले यसरी अरुलाई भाग भन्न मिल्दैन भन्दा टम्पले भन्यो भने केको इज्जत र बेइजत,यहाँ देश नै खत्तम हुनआटीसके । फस्टमा अमेरीका बच्नुपर्छ । अमेरीकाको अस्तित्व ठूलो कूरा हो भन्यो । दास्रो विश्व यु्द्ध  जब हिटलर र जर्मनीले विश्व नै खान आटदाखेरी पुजीवादका एकदम कट्टर र साम्यवादका कट्टर नेताहरु वेलायत अमेरीका र रुस एक ठाउँ भएपछि मात्र त्यो शक्तिलाई ढाल्न सक्यो । त्यहाँ पनि विचार होइन अस्तित्व नै ठूलो कूरा रहेछ । भर्खरै संपूर्ण युरोपियन युनियन बनाउनका लागि बेलायतको ठूलो योगदान रह्यो । तर अन्तिममा बेलायतको नाम नै आउन छोडयो भनेर बेलायत भाग्यो युनियनबाट । देशको अस्तित्व नै ठूलो कूरा हुँदारहेछ त्यहाँ पनि ।दास्रा विश्व युद्धपछि अमेरीका र रुसको एकदम बोलाबोल भएको बेलामा कि रुसको पछि लाग्ने कि अमेरीकाको पछि लाग्नैपर्दाखरी विश्वका नेपाल लगायत युगोस्लाभिया,चाइना भारतका टप नेताहरु १९५५ मा इ्न्डोनसियाको बानदुङमा र १९६१ मा युगोस्लाभियाको बेलग्रेडमा बसेर अमेरीका तिर पनि नलाग्ने र रुस तिर पनि नलाग्ने असंलग्न कतै नलाग्ने ननएलाए्न्स र सहअस्तित्वको सिद्धान्त अगाडी बढाउने भनेर बढाए । त्यसकारण अहिले नेपालको आधिकारीक परराष्ट्र नीति के हो भन्दा त असंलग्नता हो । आधिकारीक परराष्ट्र नीति के हा ? सहअस्तित्ववाद हो । अनि भन्ने असंलग्न यहाँ चहिं पूँजीवाद र साम्यवादको झण्डा बाकेर हुन्छ ? देशको नीति छ एउटा । देशको नीति छ सहअस्तित्ववाद । तर यहाँ लिम्बूवान खम्बूवान कसैको अस्तित्व स्वीकार नगर्ने अनि भारतले पत्याउँछ ? चीनले पत्याउँछ ? हाम्रो विदेश नीति जस्तो छ त्यस्तै हामीले स्वदेश नीति पनि गरौं त अहिलेको नेपाल ठयाक्कै एक घण्टामा यो भन्दा पचास गुणा शक्तिशाली हुन्छ यदि हामीले सहअस्तित्ववाद स्वीकार गर्ने हो भने । जस्तै १९९७ मा हङकङ चाइनामा मिसिन हुने कुरा भयो ।अब हङकङ छ पूँजीवादी चीन छ साम्यवादी के गर्ने ? लडाईं खेल्नु भएन । त्यसपछि दें चाओले एउटा नीति ल्याउनुभयो ।हङकङ सय वर्षसम्म पूँजीवादीमा रहे पनि हामीले स्वीकार गर्नुपर्छ भनेर उहाँले एक देश दुई नीति ल्याउनुभयो । हङकङ र चाइना के आधारमा एकता भयो भने त्यो कूनै पूँजीवाद र साम्यवादको आधारमा हैन । त्यो एउटा सहअस्तित्ववादको आधारमा भयो ।

  • संघीय सामूदायिक समाजवाद

हुन त यस विषयमा धेरै पहिलादेखी बहस चलिरहेको छ । संघीय समाजवादी पार्टी पनि छ । तर त्यो भन्दा पहिलादेखि बहस चलिरहेको हो । हामीसंग डकुमेन्ट छ । स्थानीय चुनावमा काठमाण्डौमा हामीले के देख्यौ भने एमालेबाट पनि नेवार कांग्रेसबाट पनि महिला नेवारले जितेको देख्यौ । ताप्लेजुंमा के देख्यौ भने एमालेबाट पनि बाहुन र माओवादीबाट पनि बाहुनले जितेको देख्यौ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा अलग अलग पार्टीबाट भए पनि बाहुनले नै जितेको देख्यौ । लिम्बूहरुको त्यस्तो घना वस्ति भएको ठाउँमा बाहुनले जित्यो । केहि साथीहरुले यसलाई बठ्याई ठान्नुहोला । तर युवा पुस्तामा ए यस्तो पो हँुदोरहेछ राजनीति ठिक छ हेदै जाऔं भन्ने खालको आगो त बल्यो । त्यसकारण संघीय र समानवाद आइसकेपछि पनि समूदाय सूरक्षित नहुने रहेछ । त्यसकारण धिमालको ठाउँमा जति नै समिकरण गर्दा पनि धिमाल जित्ने याम्फुको ठाउँमा याम्फु जित्ने एउटा पदमा चहिं । नेवारका ठाउँमा नेवार जित्ने तर अरु पनि जित्ने ।नेवारको मात्र जित्नु अनि फेरि नेवारले मात्र हार्नु पनि राम्रो होइन । यदि नेवारले यसो गरे भने अर्कोपटक के होला ? सबै गैर नेवारहरुले एउटा समिकरण गर्लानी त । ताप्लेजुङमा सबै बाहुनहरुले एउटा समिकरण गरिदिए अर्कोपटक सबै लिम्बूहरुले फेरि एउटा समिकरण गरिदेला नि त । त्यतिबेला बाहुन त माथिदेखि तलसम्म बढारिन्छ । यो राम्रो चलन हाइन । त्यसकारण यसलाई व्यावस्थापन संघीय सामूदायिक समाजवादको दर्शन चाहिन्छ । हामीले संघीयदेखि सामूदायिकमा फड्को मार्दा समूदायलाई कहिले पनि बिर्सनुहुदैन ।

संघीय इको इकोनोमी

पूँजीवाद र साम्यवादले भन्छ कि उद्योग खोल  उद्योग खोल । आज अमेरीका र चाइनामा विश्वकै सबैभन्दा धेरै उद्योगहरु छन । चाइनाको उद्योगबाट पनि कार्वनडाइअक्साइड सिओटु अमेरीकाको उद्योगबाट पनि सिओटु उत्पादन भैरहेको छ । हामी चहि यहाँ पूँजीवाद र साम्यवाद भन्दै बस्ने तर पूँजीवादबाट निस्केको धृवाँ र साम्यवादबाट निस्केको धुँवा दुइटैले पृथ्वी ध्वस्त ध्वस्त गरिरहेका छन । अमेरीका र चाइना चहिं नाफा कमाउदैं खाने अनि त्यसको बेफाइदा हामीले यहाँ भोग्नुपर्ने ? अब यसरी हुदैन । हामीले यी दुइटा दर्शनलाई च्यालेन्ज गर्नुपर्छ । संघीय इको इकोनोमी भनेको अमेरीका र चाइनाले कमाएको पैसाको ५० प्रतिशत हामीले पनि पाउनुपर्छ भन्ने विचार हो । खासगरी नेपाल जस्तो देश । हाम्रो एउटा आशा थियो हिमाल । अहिले हिमाल पग्लीरहेको । अरु जम्मै खोला सुकीगए । आजभन्दा २५ वर्षअघि काठमाण्डौ कस्तो जिउदो थियो । प्रत्येक टालमा ढुंगधारा थियो । त्यो ढुंगेधारा कसरी बनाइयो भन्ने इन्जीनियरीङ थाहै नपाइकन सधैका लागि म¥यो आदिवासी ज्ञान । गाँउमा कुवाहरु सुके । हिमनदिहरु पग्लिदैछन । के कारणले भन्दा चाइना अमेरीका र भारतजस्ता ठूला देशहरुको उद्योगबाट निस्केको ग्याँसका कारणले । अनि हामी उनिहरुकै दर्शनमा कुदिरहने ? के हामी एउटा नयाँ विचार ल्याउन सक्दैनौ ? त्यसकारण हामीलै संघीय इको इकोनोमी भनेका छौ । संघीय इको इकोनोमी भनेको त्यसरी कमाएका नाफा पैसा प्रकृति संरक्षणमा लागु गर्नुपर्छ । खासगरी हाम्रो नेपालजस्तो देशमा भन्ने हो । हामीले अहिले यसबारेमा बहस र छलफल चलाइरहेका छौ । यसमा सबैल बहस र छलफल गरौं ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५