पूर्व-प्रधानमन्त्री भट्टराईले दिए सरकारलाई यस्तो चेतावनी/रेडियो नेपालमा बोलेका कुराको जिम्मा आफुले लिने/सोहि संस्थामा कार्यरत कर्मचारीलाई धम्काउने प्रवृत्ति बन्द गर
काठमाण्डौँ–पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने तर रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।डा.भट्टराईले मंगलबार ट्वीट गर्दै कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्।डा.बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन्रे,रेडियो नेपाल जनताको रगत पसिनाको करबाट संचालित सार्वजनिक संस्था हो।यो कुनै पार्टी,गुट,व्यक्तिको बपौति हैन।त्यहाँबाट प्रसारित विचार निम्ति बोल्ने व्यक्ति जिम्मेवार हुन्छ न कि रेडियोका पदाधिकारी!अन्तर्वार्तामा बोलेका विचारका निम्ति म जिम्मेवारी लिन्छु! कर्मचारीलाई धम्काउने काम नगर!सावधान!सोमबार बिहान जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले स्पष्टिकरण सोधेको छ।कार्यकारी निर्देशक कार्कीलाई तीन दिन भित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको छ।अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुर, पंगु,अभिनायवादी जस्ता शब्द प्रयोग गरेर कटाक्ष गरेका थिए।प्रधानमन्त्री कार्यालयको दबाबपछि सोमबार नै रेडियो नेपालले माफी माग्दै अनलाइन संस्करणबाट भट्टराईंसँग गरेको अन्तरवार्ता समेत हटाएको थियो।कार्कीलाई यस अघि काम सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्ले नै प्रष्टिकरण सोधेको थियो।त्यस्तै सञ्चार मन्त्रालयले रेडियो नेपालका समाचार प्रमुख नवराज लम्सालाई पनि स्षष्टीकरण सोधेको छ।
पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग गरिएको अन्तर्वार्ताको विषयमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई हटाउन सरकारले तयारी गरेको छ।अन्तर्वार्ताको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई स्पष्टीकरण मागेको छ।कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो।मन्त्रिपरिषद्ले चैत ९ मा गरेको निर्णय अनुसार कार्य-सम्पादन सन्तोषकजनक नभएको भन्दै मंगलबार मन्त्रालयले ७ दिनभित्र पेश गर्ने गरी कार्कीलाई अर्को स्पष्टीकरण पनि सोधेको छ।रेडियो नेपालबाट गत सोमबार बिहान प्रत्यक्ष प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेश,घृणा उब्जाएको,सरकारविरुद्ध सत्ता कब्जा,पंगु,निरंकुश शासक र भष्मासुरजस्ता भ्रामक र लाञ्छनायुक्त शब्द प्रयोग भएको पाइएको भन्दै स्पष्टीकरण पेश गर्न भनिएको छ।
हेर्नुहोस्-रेडियो नेपालका कार्यकारी निर्देशकलाई सञ्चारमन्त्री र मन्त्रिपरिषद्ले सोधिएका छुट्टाछुट्टै स्पष्टिकरणका पत्रहरुसहित: