18.1 C
Kathmandu
Friday, March 31, 2023
E Sewa
Homeराजनीतिबागि उम्मेदवार मनोज मेयाङ्बोलाई पार्टीबाट निष्कासन,मेयाङ्बोको पछि लाग्नेप्रति पार्टी मौन

बागि उम्मेदवार मनोज मेयाङ्बोलाई पार्टीबाट निष्कासन,मेयाङ्बोको पछि लाग्नेप्रति पार्टी मौन

धरान । जनता समाजवादी पार्टी र नेकपा एमाले चुनाबि तालमेल बिरुद्ध धरानमा मनोज मेयाङ्बोले बागि उम्मेदवारी दिएको भन्दै एमाले ले कार्वाही गरिएको छ ।

नेकपा एमाले प्रदेश समितिका अध्यक्ष तुलसी न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा साधारण सदस्य समेत नरहनेगरि निष्कासन गरिएको उल्लेख छ । पत्रमा भनिएको छ – “नेपाल कम्युनिष्ट पार्टी (एमाले) १ नं. प्रदेश कमिटीका सदस्य कमरेड मनोज कुमार मेयाङ्गी यहि २०७९ ०८ ०४ मा हुन गईरहेको निर्वाचनमा पार्टीको निर्णय विपरित सुनसरी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधीसभा सदस्य पदको स्वतन्त्र उमेद्वार वन्तु भएको विषयमा पार्टी विधानको धारा ८० को उपधारा ६ र धारा ८१ को उपधारा १ आकर्षित हुन पुगेको हुनाले निज मनोज कुमार मेयाङ्गबोलाई पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम पार्टी सदस्यताबाट निस्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ,उल्लेख छ।”

तर पार्टीले कार्यकर्ताको भावना बिपरित गरेको निर्णय भन्दै मनोज मेयाङ्बोलाई मत दिने भनेर खुलेर लाग्ने कार्यकर्ताहरु पनि छ्न । मनोज मेयाङ्बोले उम्मेदवारी फिर्ता नलिएपछि सामाजिक संजालमै खुलेर मनोज मेयाङ्बोलाई भोट मागिरहेका छन । पत्रमा अन्य कार्यकर्तालाई भने सजग गराएको पाइएन । हाल घरदैलो नभएको अवस्थामा रौनक कम देखिएपछि तालमेललाई असयोग हुने हो कि भनेर आशंका उब्जाएको थियो । यसबिचमा मनोज मेयाङ्बोलाई समेत पार्टीले कार्वाही नगरेको भनेर असहयोग हुने आशंका गरेका थिए ।

उता मनोज मेयाङ्बोले भने तत्कालीन अवस्थामा उम्मेदवारी दर्ता गर्दा जीवनको उत्तरार्धमा कुनै पार्टीमा नलाग्ने उद्घोष गरेका थिए । सामाजिक संजाल सहितको संचार माध्यममा पार्टीमा नै नरहेपछि कार्वाहीको कुनै औचित्य नहुने बताउदै आएका छ्न ।त्यसैगरि यस बिषयलाई लिएर धरानमा एकजनाले राजिनामा दिएको छ । नेकपा एमाले धरान उपमहानगर १६ नम्बर वडा कमिटी अध्यक्ष दिलकुमार गिरिले जिम्मेवारी नरहनेगरि राजीनामा दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments