बालबालिका लाई इन्टरनेट अनलाईन बाट सुरक्षित राख्न जनचेतना मुलक कार्यक्रम सम्पन्न
सुरक्षित इन्टरनेट दिबसको उपलक्ष्यमा काठमाडौंमा महिला तथा बालबालिकाहरु लाई कसरी इन्टरनेट अनलाईन बाट सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा बृहत अन्तरकृया र जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो ।
अहिले समाजमा भई रहेका सबै भन्दा चुनौतीको रुपमा इन्टरनेट अनलाईन बाट महिला बालबालिकाहरुमा यौनजन्य हिम्सा, घरेलु हिम्सा, साथै यौनजन्य अपराध प्रत्यक्ष अप्रत्यक्ष भईरहेको बारे रोकथाम र निर्मलिकरणको समन्धमा समन्धित निकाय बिभिन्न सङ सस्थाहरुले जानकारी दिनु भयो ।
समाज सेवा र मानब अधिकारमा महिला युबा ससक्तिकरण,सेलड्, सिविन नेपाल र TDH Netherland द्वरा आयोजित कार्यक्रममा मानब अधिकार महिला युबा ससक्तिकरण सस्थाका कार्यकारी निर्देशक भाबना ऐर ज्युको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा प्रमुख अथिथी राष्ट्रिय बाल अधिकार परिषदका उपादक्ष्य बम बहादुर बानिया बाट पानसमा दिप प्र्ज्ज्व्लन गरी उद्घाटन भयो ।
ईन्टरनेट र सामाजिक सन्जाललाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा रातो कमिला,( रेड एन्ट ) द्वरा बृतचित्र प्रस्तुत गरिएको थियो र मोती बिनायक बेसिक स्कुल का बिद्यार्थीहरु द्वरा इन्टरनेटको गलत प्रयोग र अज्ञान्ताले कस्ता ,कस्ता समयस्याहरु भइरहेका छन र हुने सम्भवानको बिसयमा नाट्य कथा प्रदशन भएको थियो ।
कार्यक्रममा इन्टरनेट अनलाईनको माध्यमबाट बालबालिकाहरु लाई सामाजिक रुपान्तरन र बौधिक क्ष्यामतामा बिकासको निम्ती नभै नहुने श्रोतको रुपमा लिन सकिने तर यस्को सही तरिकाले प्रयोग नभएमा ठुलो समस्याको सुरुवात हुने माध्यम पनीहो भन्ने पनी जानकारी गराउनु भयो र इन्टरनेटकै माध्यम बाट बालबालिकाहरुले गलत प्रयोग गरे अनाबस्यक कुराहरु सिक्ने ,गलत साइटहरु खोल्ने हुनाले समन्धित निकायले अन्डर १८ उमेरकाले प्रयोग गर्नु मिल्ने साइटहरु मात्र ब्याबस्था गर्ने साथै आफ्ना बालबालिका हरुलाई अभिभाबकले पनि आफ्नो मोबाइलहरु प्रयोग गर्न दिदा बच्चाहरुको निगरानी गर्ने वा के गर्दैछ भनेर बेला -बेलामा हेर्ने र बुझ्ने गर्नु पर्ने र समन्धित निकायले चाइल्ड फ्रेन्ड कन्टेन्ट लाई कार्यनयन गर्न अनुरोध गर्नु भयो भने इन्टर्नेट अनलाईन बाट हुने केशहरु परिहालेमा र सुरक्षित राक्ने कसरी योजना भईरहेको र के के काम गरी रहेको छ भन्ने बारेमा साइबर ब्युरोका एस एस पि नबिन्द्र अर्याल जानकारी दिनुभयो साथै महिला बालबालिका समबन्धी देशमा रहेका सरकारी ,गैर सरकारी यो समबन्धी काम गर्दै आउनु हुने सम्पुर्ण सङ सस्थाहरु मिलेर यो अनलाईन इन्टर्नेट बाट हुने सम्पुर्ण समस्याहरुको रोकथाम र समाधान गर्न सकिने कुरा राष्ट्रिय बाल अधिकार परिषदका प्रमुख बम बहादुर बानिया र सिबिन नेपाल का एक्जुकेटीभ डाइरेक्टर सुम्मिनिमा तुलाधरले प्रस्ट्याउनु भयो ।
उक्त क्रायक्रम मा कानुन अन्बेसन तथा स्रोत बिकास केन्द्र(सेलड्)का सदस्य उशा अधिकारि , साइबर ब्युरोका एस एस पि नबिन्द्र अधिकारि ,इस्पाइन का निर्देसक सुबा स खड्का ,राष्ट्रिय बाल अधिकार परिषद का उपादक्षय बम बहादुर बनिया, संचार तथा सुचना प्रबिधिका उप सचिब इद्र प्रसाद मैनाली,बाल अधिकार कर्मी सुमित्रा अर्याल र सिविन नेपालका निर्देसक सुम्निमा तुलाधरले बाल बालीलाहरुलाई ईन्टरनेट, अनलाईन बाट देखापर्ने समस्या र सुरक्षाको बारेमा आफ्नो-आफ्नो क्षेत्रको कार्यनिती र सुरक्षित राख्ने कार्यक्रमको बारेमा प्रकाश पार्नु भयो ।
प्रबिन किराती