बिश्व बिनासको बाटोमा सन् २०२० संयमको आवश्यक्ता !


बिश्वको कुल जनसंख्या ७ अर्व ७९ करोड वल्डोमिटर्स.कमबाट देखिन्छ भने सन् २०२० लाई बिभिन्न भबिष्यबाणी,पुरातात्विक लेख,रचना, इतिहासिक दस्तावेजहरुले मानव जातिकालागि बिनासक बर्षकोरुपमा इंगित गरेको पुराना दस्तावेजहरु पढ्न, सुन्न र देख्न पाईन्छ ! बिश्व परिवेश सन् २०२० को सुरवात देखिनै शक्ति राष्ट्रहरुमा देखिएको टकराव जी७,जी८,जी२०,युरोपियन युनियन, सार्क लगाएतका राष्ट्रहरुमा उथल्पुथल हुनु , बाढी, बर्षा, ठुलठुलो हावा हुरी, प्राकृतिक बिपतीहरु २०२०को सुरुमा नै देखिन आएको छ भने केहि राष्ट्रकोहरुकोलागि यो २०२० बर्ष फल्दाएक हुदै बिश्व शक्तिकोरुपमा उदयमान हुदै अहिले सम्मको आर्थिक,कुटनीतिक,राजनीतिक,सामारिक दृष्टीले सफलता मिलि रहेको जस्तो पनि देखिन्छ ! शक्तिशालि राष्ट्रहरुकोलागि आफु नै शक्तिमा रहिरहने बिभिन्न तिग्डमको होडवाजीका बीच उदयमान राष्ट्रहरु शक्तिमा परिणत हुने अवस्थाले यो बर्ष ती देशहरुलाई पनि बिभिन्न समयमा अफ्ठारोमा नपारेको भने होइन तर पनि त्यस्ता केहि राष्ट्रहरुलाई बिभिन्न सफलताको कारणले अरु शक्ति्शालि देश भन्दा अधि नै रहेको पाइन्छ भने केहि राष्ट्रहरु बिश्वमा शक्तिशाली राष्ट्रहरुमा परिर्वतन हुने धेरै नै सम्भावनाहरु पनि देखा परेका छ्न !अहिलेको यो समय बिश्वकोलागि नै संक्रमणले संकटकालिन समय हुन सक्ने छ भनेर बिश्वका धेरै राष्ट्रहरुले अनुमान र आसंका पनि गरेका छ्न !

यस्तै २०२० मा बिश्व शक्तिमानै आएको छु भन्दै इन्डियाले आफ्ना छिमेकी राष्ट्रहरुसंग हेपाह प्रवृतिले सीमा बिवाद र तनाव पूर्ण स्थिती पैदा गर्दै चीनसंग पनि जुद्धन तम तायारी अवस्थामा रहेको बुझिएको छ ! इन्डियाको त्यो रबैयाले नेपालको समस्या भनेको नेपाली सीमा क्षेत्र, इन्डियामा रहेका नेपाली र नेपाली गोर्खा पल्टन हुन गएका छ्न ! इन्डिया र चीनको सीमा लद्दाख क्षेत्रमा गोर्खा पल्टनको ब्यारेक राखिनु, भारतले यसअघि पनि तनाब र गोलाबारी भइरहने पाकिस्तानसँगको सिमाना काश्मिरमा पनि ठूलो संख्यामा गोर्खा सैनिक पल्टनलाई प्रयोग गर्दै आउनाले इन्डिया, चीन र पाकिस्तानसँगको तनाबमा धेरै गोर्खा सैनिकहरुले ज्यान समेत गुमाईसकेका छन् । गोर्खा पल्टन भारतको मुख्य लडाकु दस्ता भएको र लद्दाखको पाङ्गोङ ताल र गलवान घाटी आसपासमा गोर्खा पल्टन परिचालन गरिएको छ भनिन्छ । यदि यस्तै अबस्था रहेमा र चीन-भारत युद्ध हुने स्थिती आएमा नेपाल सरकारले भारतको पक्ष र चीनको विरुद्ध,र चीनको पक्ष, भारतको विरुद्ध गतिविधिहरु हुन दिनु हुँदैन । त्यसकारण गोर्खा सैनिकलाई चीन-भारत युद्दको मोर्चामा पठाउनु छिमेकी राष्ट्रहरुकोलागि गलत हो भनि नेपालको परराष्ट्रनीति अनुसार कुनै पनि छिमेकी राष्ट्रलाई असर गर्ने गरी छिमेकीसँगको सुमधुर सम्बन्धलाई प्रतिकूल हुने गरी आफ्ना नागरिकलाई प्रयोग नगर्न भारत सरकारसँग अपिल,पत्रचार गर्न गर्नु पर्छ !

सन् २०२० को सुरुवात देखिनै हाल सम्म बिभिन्न घटनाक्रमहरुले बिश्वलाई फरक परिवेश तिर लैजाने स्थिती देखाउछ ! २०२० सुरु भए यता घटेका केही प्रमुख घटनाहरुले बिश्वलाईनै त्राहिमाम त्राहिमाम बनाएको छ ! वर्षको सुरुवातमै अष्ट्रेलियाको जङ्गलमा लागेको भिषण डढेलोले दुई दर्जन मानिस सहित करिब लाखौ लाख लोपोन्मुख जीव, जनावरहरुलाई सखाप नै बनायो !अमेरिकन हबाई आक्रमणमा ईरानी सेनाका जनरल सुलेमानीको हत्यासँगै अमेरिका र ईरानबिच युद्ध हुने खतराका बिच ईराकले पनि गो ब्याक अमेरिका भन्दै संसदबाट अमेरिकन सैनिक फिर्ताको पहल गर्यो भने यस्तै धटनाहरु बड़दै गएमा कतिपय बिश्लेषकहरुले तेश्रो विश्वयुद्ध हुनसक्ने अनुमान समेतको भविश्यवाणी समेत गरेका छ्न ! ब्रिटेनमा ब्रेग्जिटको पक्षमा मतदान र त्यस्को असरले बिश्व भरी तनाव बडायो !भुकम्पका झट्काहरु बिभिन्न देशहरुमा आइरहनु, करिव ३,४ किलोमिटर ठुलो उल्कापीण्ड पृथ्बीको नजिक हुदै जानु, चिनको वुहान शहरबाट सुरु भएको भनिएको बैश्विक महामरीले लगभग पुरा विश्वलाईनै ठप्प पार्ने गरी फैलिएको कोरोना भाईरस कोभिड १९ ले पुरा बिश्वलाई नै आर्थिक र सामारिक बिभेद देखाएको छ भने अमेरिकामा एकजना काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको घटनालाई लिएर अमेरिकामा हिंसात्मक प्रदर्शनको रुप लिएको छ र अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसअगाडि भएको प्रदशर्नले उग्र रूप लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बंकरमा बस्नु पर्ने स्थिती सृजना भएको छ। यो बर्ष २०२० मा यस्तै धेरै गतिबिधी भिभिन्न देशहरुमा भै रहने हो भने र विश्व अर्थतन्त्र पनि साघुरिने छ र रोजगारी र भोकबाट उत्पन्न हुने धटनाहरुले हालै अमेरिकामा धटेका लुट्पाट र चोरीका धटनाहरु सर्वत्त हुदै जानेछ्न त्यो भन्दा भयाबह युद्द अपराध भुकमारी, अकल्पनिय राजनीतिक उतारचढाव, नयाँ तानाशाहहरुको उदय, चोरी,डकैती नियन्त्रण भन्दा बाहिर जानेछ ! त्यस्तै मानसिक रोग, महामारी जस्ता घटनाहरु अबको बाँकी २०२० को पुरा समय देख्न सकिने छ भन्दा हुन्छ ! यो बर्ष २०२० को असर सन् २०२१ र २०२२ सम्म रहिरहने अनुमान बिभिन्न बिश्वका आर्थिक संस्थाहरु आइ .एम. एफ.,विश्व बैंक,ए. डी. पी. लगाएत धेरै संस्थाहरुले गरिसकेका छ्न र यस्तो घटनाक्रमहरुबाट नेपाल पनि अछुतो रहने छैन !

सन् २०२० सम्मको सैन्य आणबिक शक्तिको कुरा गर्ने हो भने बिश्वलाई ७/८ पटक ध्बंश बनाउन सकिने शक्तिशाली राष्ट्रहरुसंग छमता छ भन्ने अनुमान गरिएको छ ! सैन्य शक्ति मार्फत बिश्व सखाप पार्ने कुरा गर्ने हो भने अहिलेसम्म मिलिट्री सुपरपावर देश अमेरिका नै हो । अमेरिकासँग ठुलो मात्रमा सैनिक शक्ति छ आफ्नो भूभागबाट जमिन, समुद्र र हबाई युद्ध गर्न सक्षम देखिन्छ भने यस्तो आणबिक शक्तिमा चीन र रसिया पनि कम छैन्न् । अमेरिकाबाहेक संसारका अन्य देशसँग तुलनात्मक हिसावमा कम सन्यै शक्ति छ! स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिकाले सैन्य शक्तिमा वार्षिक ६४९ बिलियन डलर खर्च गरेको छ । यो गत वर्षको भन्दा ४.६ प्रतिशतले बढी हो । यस्तै, अर्को सुपरपावर देश चीनको सैन्य शक्ति खर्च २५० बिलियन डलरको हो । यो गत वर्षभन्दा ५ प्रतिशत बढी हो । २४ वर्षदेखि चीनले आफ्नो सैन्य खर्च लगातार बढाइरहेको देखिन्छ ।अमेरिकाको परमाणु हतियार भण्डार चीनको भन्दा ठूलो छ । अमेरिका प्रविधिको मामिलामा पनि चीनभन्दा अगाडि नै छ जसमा इन्टेलिजेन्स, ब्यालेस्टिक मिसाइल र वारप्लेन समावेश छन् ।अमेरिकाको अलाइन्स, एशिया र नाटोमार्फत् युरोपमा सम्बन्ध रहेको छ एम सी सी पनि अलाइन्स शक्तिशाली मध्यको नंया रुप नै हो भनेर बु्झ्दा पनि हुन्छ । चीन पनि अलाइन्स नेटवर्कको सुरवाती चरणमा गएको देखिन्छ । चीनको ‘वन बेल्ट वन रोड’ १२४ बिलियन डलरको प्रोजेक्ट हो जो एशिया, अफ्रिका, युरोपमा व्यापार र लगानीको उद्देश्य भनेर सुरु गराउदै छ । हाल अमेरिकाको नेटवर्क चिनको भन्दा बलियो देखिए पनि अमेरिका तल झर्दै गएको छ भनिन्छ ! चीनले साउथ चाइना सीमा बिश्वलाईनै चकित पार्ने मानव निर्मित टापु बनायो । जसका कारण अमेरिकाले खतरा महसुस गर्यो । यहाँबाट हरेक वर्ष ५.३ ट्रिलियन डलरको व्यापार हुन्छ । चीनले अमेरिकालाई उछिन्नका लागि व्यापार र अर्थव्यवस्थालाई चुनेको छ ।रसिया, चीन र अमेरिकाले एक आर्कालाई शंकाको दृष्टिकोणले हेर्ने गर्छन भने अरु शक्ति राष्ट्रहरु इजराईल,इरान,फ्रान्स,ब्रिटेन,कोरिया,अष्ट्रेलिया लगाएत धेरै देशहरुले पनि आफूलाई अझ बलियो बनाउन र आफ्नो देशको विकासमा निकै नै मिहिनेतका साथ खर्च गरेको देखिन्छ । हाल आएर हेर्दा यस्ता गतिबिधी के को लागि हो भन्ने प्रश्न उवजिन थालेको छ ! यो संसार बचाउन भन्दा पनि सिध्याउने रणनीतिक खेलमात्र हुनजानेछ ! बिश्वलाई नै सिध्याउने जस्ता शक्ति राष्ट्रको यस्तो गतिबिधीले गरिव तथा कमजोर राष्ट्रहरुलाई ठुलै नोक्सानी ब्यहर्नु पर्ने कुरा बिज्ञ,बिश्लेषकहरुले जीकिरहरु ब्यक्त गरि रहेका छ्न र कमजोर राष्ट्रहरु त केवल शक्ति राष्ट्रहरुको खेलौनाहरु मात्र हुदै गएका छ्न ! त्यस कारण शक्तिशाली राष्ट्रहरुले साना राष्ट्रहरुको अस्थित्व स्वीकारदै बिश्व बचाउन एक जुट हुनुको बिकल्प छैन !

लेखक द्वैय-सम्पादक तथा सामाजिक अभियन्ता निलेश अधिकारी/ बाबुराम अधिकारी पूर्व प्रधान सम्पादक परिर्वतन-साप्ताहिक हुनुहुन्छ !


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५