निमा पोङ्स्युवा/ नबिन सेन्चुरी
धरान । जनता समाजवादि पार्टीका संघीय परिषद अध्यक्ष तथा जसपा एमाले साझा उम्मेदवार अशोक राईले धरान र बराहक्षेत्रमा बनिसकेको सडकलाई स्तरोन्नति गरि चारैतिर संजाल बनाउने योजना रहेको बताए ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार अशोक राईले मंलबार धरान १८ नम्बरको घरदैलो कार्यक्रमको कोण सभालाई संबोधन गर्दै यस्तो योजना अगाडि सारेका हुन । उम्मेदवार राईले यस अघि जग बसालेका जनप्रतिनिधिको कामलाई कालोपत्र बनाएर थप स्तरोन्नति गर्नुपर्ने बताए । धरानको भित्री शहरमा कालोपत्र भए पनि वडा नम्बर ४,५ र २० अनि बराहक्षेत्रमा कच्ची सडक छन । धरानलाई चारैतिरबाट सडक संजालबाट जोडिएको भन्दै त्यसलाई स्तरोन्नति गरेर धरानमा त्यहाँका उत्पदन ल्याउन सकिने बताए । जसले गर्दा धरानबाट निर्यात र अन्य छिमेकी पालिकामा उत्पादित बस्तु धरानको बजारमा ल्याउन सहज हुने बताए ।
सडक स्तरोन्नतिकै कामले धरान धनकुटा तम्मोर करिडोर हुँदै ताप्लेजुङ सडक जोड्न सकिने बताए । हाल लाबोरबोटेबाट खोलिएको सडकले कालोपत्र बनाउदा धरानबाट ताप्लेजुङ ६ घण्टामा पुग्ने बताए । अहिले ताप्लेजुङको थोक बजार बिर्तामोड भएको बताउदै त्यहाबाट सामान लोड गरेर १२ घन्टा लगाएर लगिरहेको बताए । जसले गर्दा उपभोक्ताले थप महंगो मारमा पर्ने बताए । तर धरान तम्मोर करिडोर स्तरोन्नतिले धरानमा थोक ब्यापार केन्द्र बन्नुको साथै ताप्लेजुङ छोटो दुरिमा समेत पुग्न सकिने बताए ।
घरदैलो कार्यक्रम मंगलबार प्रदेश १ ख का बिजय राई समानुपातिक उम्मेदवारहरु पुर्व सांसद जयकुमार राई कार्यकर्ता लगायत धरान १८,१० र १९ मा भैरहेको छ ।