भारतको विरोध गरेको भन्दै धरानमा राष्ट्रबादी पक्राउ
निमा पोङ्सस्युवा
धरान/भारतीय विस्तारवादले लिपुलेकमा बाटो निर्माण गरेको विरोधमा धरानमा मंगलबार निस्किएको विरोध प्रदर्शनमा आएकालाई प्रहरीले पक्राउ गरेको छ ।
धरानको भानुचौकको नजिकको सब्जीमण्डी हुँदै भानुचौक आइपुगेर प्रदर्शन भइरहेको समयमा प्रहरीले प्रदर्शनकारी माथि हस्तक्षेप गरेको छ । लकडाउनको उलङ्घन भयो भन्दै प्रहरीले हस्तक्षेप गरेका थिए । अभियान्ताहरुले आफ्नो भुमि प्राण भन्दा प्यारो भएकाले प्रदर्शन गर्न लकडाउनको पालना गरेर आफुहरु भानुचौकमा उत्रिएको बताएका थिए ।
सरकारको लाचारीपन भएकाले भारतले नेपालको भुमि हस्तक्षेप गरेको उनीहरुले बताउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा हर्क साङ्पाङ, सुवास वर्देवा, रविन रार्ई, शान्तिराम चौलागाई, इमासिङ राई लगायतलाई पक्राउ गरिएको छ ।
प्रदर्शनका क्रममा हर्क साङ्पाङ, सारदा राई, राजेश खिम्दुङ, रमेश वान्तावा, अडिल खम्बू, सुदर्शन लिम्वु, सुवास वर्देवा, शान्तिराम चौलागाई, राजेन्द्र राई, शुभ राई, दिपेन्द्र राई, इमानसिङ राई, प्रताप गुरुङ, सुमित्रा राई, वन्दना राई, रविना लिम्वु, विर्खवहादुर राई, सरण मंग्राती, सागर कालिकोटे, रविन्द्र राई लगायतका देशभक्त अभियान्ताहरु दिनको मध्यान्हमा भानुचौक उत्रिएका थिए । प्रदर्शनकारीमाथि भएको पक्राउको विभिन्न संघ संस्थाले घोर निन्दा एवम् भत्सर्ना गरेका छन् ।
त्यसैगरी आज नै भारतको बिरोधमा निस्केका नेविसंघका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीका अवराेधका बाबजुद भारतद्वारा अतिक्रमित नेपालकाे लिपु लेक प्रकण नालायक सरकार विरुद्व प्रदर्शन गरिएको छ ।धरानबाट विधार्थी नेताहरु टकेन्द्र राई, दाेर्ची शेर्पा, राेशन चाेङवाङ, विमल बुढाथाेकी, उत्तम राई, अजिल लिम्वु, अजय लिम्बू, कृष्ण वडु, विनाेद अालेमगर लगायत प्रहरी नियन्त्रणमा लिएको कुरा काङ्ग्रेस प्रवक्ता सुजेन्द्र तामाङले जनाएको छ । प्रवक्ता तामाङले पक्राउ गरिएकालाई अविलम्व विना शर्त रिहा गर्न माग गरिएको छ।