भारतीय आयकर विभागले बीबीसी हिन्दीको मुम्बई र दिल्लीको कार्यालयमा मारे छापा
बीबीसी हिन्दीको दिल्ली र मुम्बईस्थित कार्यालयमा भारतीय आयकर विभागले करिब ६०/७० जना विभागका कर्मचारीले कार्यालयमा छापा मारेको दैनिक भाष्करले जनाएको छ।
भारतीय आयकर विभाग स्रोतका अनुसार बीबीसी हिन्दीले करमा गडबड गरेकोले छापा मारेको समाचार सार्वजनिक भएको छ। यद्यपि, आयकर विभागले यसबारे आधिकारिक जानकारी दिएको भने छैन।
बीबीसीको कार्यालयमा रहेका सबै कर्मचारीको फोन जफत गरेर विभागले छापा मारेको बताइएको छ। साथै, कर्मचारीलाई आवागमनमा पनि प्रतिबन्ध लगाइएको उल्लेख छ। यस्तै, बीबीसी हिन्दीले आफ्नो कार्यालयमा छापा मारेको सूचना लण्डनस्थित बीबीसीको प्रधान कार्यालयलाई जानकरी गराएको छ।
यता, बीबीसीमा छापा मारेको विषयमा भारतीय कंग्रेसले कडा आपत्ति जनाएको छ। उक्त पार्टीको आधिकारिक ट्विटर हेण्डलमार्फत अघोषित आपतकालको संज्ञा दिएको छ।
पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००२ मा मुख्यमन्त्री हुँदा गुजरातमा भएको दङ्गालाई लिएर बीबीसीले एक भिडियो सामग्री बनाएको थियो। जसलाई मोदी नेतृत्वको भजपा सरकारले भारतमा प्रतिबन्ध लगाएको थियो। यसले भारतमा तीव्र ध्रुवीकरण पैदा गराएको छ।
अडानी र प्रधानमन्त्री मोदीको सम्बन्धबारे फोटो/भिडियोहरु सार्वजनिक भएसँगै प्रश्न उठेपछि ध्यान भड्काउन बीबीसीको कार्यालयमा छापा मारिएका समाचारहरु सार्वजनिक भएका छन्।
यस्तै, पछिल्ला दिनमा भारतीय व्यापारी तथा एनडीटीभीका मालिक गौतम अडानीको विवादास्पद आर्थिक गतिविधि सार्वजनिक भएसँगै सार्वजनिक विरोध भइरहेको थियो।