मत परिणामको प्रतीक्षामा रातभर चिसोमा
निमा पोङ्स्युवा
धरान । चर्चामा रहेको निर्वाचन क्षेत्र मध्ये सुनसरी जिल्ला निर्वाचन क्षेत्र १ मा धरानको सभागृहमा भरहेको मतगणना पनि एक हो । यहाँनेर मतगणनाको गति सुस्तसंगै शुभ चिन्तक चिसोमा रातभर नतिजाको प्रतीक्षामा छन ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणनाको नतिजा सुन्न यतिबेला चिसो वातावरणमा समर्थकहरु प्रतिक्षामा रहेका छ्न । जनता समाजवादि पार्टी र एमाले तालमेलसंगै जसपा अध्यक्ष अशोक राई साझा उम्मेदवार भएपछि यो क्षेत्र चासोको बिषय बनेको छ । त्यसैगरी एमाले जसपा तालमेल भएपछि साझा उम्मेदवार विरुद्ध एमालेका मनोज मेयाङ्बोले स्वतन्त्र उम्मेदवारी दिएपछि थप चासोको बिषय बनेको छ । अर्को चासोको बिषयमा केहिदिन अघि गठबन्धन उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले निरन्तर अग्रता दिएको परिणाममा घन्टि चुनाब चिन्हले अग्रता लिएपछि भने झनै चासोको बिषय बनेको छ ।
यतिबेला मौसम चिसो छ । सुनसरी उद्योग वाणिज्य संघले ब्याबस्थापन गरेको पालमा शुभ चिन्तकहरु नतिजाको प्रतीक्षामा रहेका छन । रातको १२ बजेको चिसोमा पनि सभागृहमा शुभ चिन्तकहरु धैर्यताकासाथ नतिजाको प्रतीक्षामा रहेका छन । एउटा वडाको सकेपछि मात्र नतिजा सार्वजनिक गर्नाले यहाँ उत्साह कम देखिन्छ ।
पछिल्लो मत परिमाण अनुसार सुनसरी जिल्ला क्षेत्र नम्बर १ मा नतिजा छिनछिनमा परिवर्तन भैरहेको छ । यतिबेला गठबन्धनले अग्रता लिएकोलाई स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ । अहिलेसम्म एमाले जसपाका उम्मेदवार दोस्रोदेखि पहिलोमा उक्लिन पाएको छैन । प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ २९ हजार ८५७ मत गिन्ति गर्दा हसिया हथौड़ा ४८२२ मत प्राप्त भएको जनाएको छ । त्यसैगरी छाता ५०४५,घण्टि चुनाव चिन्ह
५७०६ मत,खरायो ४१९० मत र हलो ३५१६ प्राप्त गरेको कुरा निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।
कस्को परिणाम कतिवेला कहाँ जान्छ भन्ने नै यहाँका कौतुहलको प्रमुख बिषय भएको छ । त्यसका लागि नै शुभचिन्तक चिसोमा धैर्यताकासाथ प्रतिक्षारत रहेको देखिन्छ । अर्को कुरा भनेको झिनो मतान्तर पनि हो । अहिलेसम्म अधिकतम सात सय मतले मात्र अग्रता लिएकोले को कति मतले पछाडि पर्छ भन्ने कौतुहल नै यसको अर्को मुख्य कारण रहेको छ ।