21.1 C
Kathmandu
Friday, March 31, 2023
E Sewa
Homeसमाचाररोल्पामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृ:त्यु

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृ:त्यु

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ:त्यु भएको छ । बिहीबार बिहान रोल्पा नगरपालिका–४ दहरेभीरस्थित लिबाङ–गजुल सडक खण्डमा रा ३ प १०३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका–४ बाइगाउँका २६ वर्षीय पुरण चन्दको मृ:त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान सवा ७ बजे दाजुभाइ घरबाट गजुल जाने क्रममा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटना लगत्तै मोटरसाइकल चालकसमेत रहेका पुरणलाई उनका भाइ मुक्तबहादुर चन्दले उपचारका लागि रोल्पा अस्पतालमा पुर्‍याएका थिए । उपचारका क्रममा पुरणको मृ:त्यु दिउँसो सवा १ बजे भएको प्रहरीले जनाएको छ ।

निर्माण हुँदै गरेको सडकबाट मोटरसाइकल अनियन्त्रित भई करिब ६० मिटर मुनि खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुर्घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । शवलाई परिवारको जिम्मामा बुझाएर पोष्टमार्टमका लागि रोल्पा अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । घटनास्थल रोल्पा सदरमुकाम लिबाङस्थित जिल्ला प्रहरी कार्यालयबाट करिब ५ किलोमिटर उत्तरतर्फ रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments