लिम्बु विद्यार्थी मंच सुनसरीको अधिवेशन ८ र ९
धरान । लिम्बु समुदायको विद्यार्थी संगठन लिम्बु विद्यार्थी मंचको छैटौं सुनसरी जिल्ला अधिवेशन यहि अशोज ८ र ९ गते हुने भएको छ ।
मंचले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए । अध्यक्ष हरि इवाहाङद्वारा हस्ताक्षरित बिज्ञप्ति जारि गर्दै प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताव प्रकास हाङगामको प्रमुख आतिथ्यमा धरान १५ चुम्लुङ हिममा हुने जानकारी दिए । अधिवेशनमा छ वटा बुँदामा विशेष छलफल हुने पनि जानकारी दिए । छलफलका बिषयहरु:
१. लिम्बू विद्यार्थीमच जिल्ला कार्यसमिति सुनसरीको वर्तमान समितिले गरेको गतिविधिहरुको गम्भीर समीक्षासहित विद्यार्थी हक, हित र अधिकार प्राप्ति र सार्वजनिक हितका विषयमा महत्वको भावी कार्ययोजना पारित गरिनेछ ।
२. लिम्बुवान भूमि र लिम्बू जातिको पहिचानका विषयमा लिम्बु विद्यार्थीहरु स्पष्ट हुने गरी बहस तथा छलफल चलाइनेछ ।
३. लिम्बू समुदायको पहिचान अभिवृद्धिमा समुदायिक एकता प्रदर्शित हुने गरी बृहत झाँकी प्याली संयोजन गरिनेछ ४. लिम्बू समुदाय र लिम्बू विद्यार्थीका विशेष अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।
५. मञ्चद्वारा प्रकाशित माक्वड पहिचान स्मारि २००९ बिमोचन गरिनेछ ।
६. लिम्बू विद्यार्थी मञ्च जिल्ला शाखा सुनसरीको सशक्त नेतृत्व चयन गरिनेछ ।
वि.सं. २०५५ साल चैत्र ६ गते स्थापना भई वि.स. २०६१ सालमा विधिवत रुपमा दर्ता भएको लिम्बु विद्यामहरुको साझा संस्था लिम्बु विद्यार्थी मञ्चको जिल्ला शाखा सुनसरी वि.सं. २०६० साल चैत्र १२ र १३ गते अधिवेशन सम्पन्न भई म स्थापनाको उद्देश्य हासिल गर्न विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।हाल मंचको सुनसरी जिल्लामा १३ वटा क्याम्पस बिद्यालयमा इकाई गठन भै कृयाशिल रहेका छ्न ।