वैवाहिक अंगीकृत नागरिकताको विषय राज्य व्यवस्था समितिबाट टुंग्याइँदै

काठमाडौं । संसदमा विचाराधीन रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा प्रक्रियामा जाने निश्चित भएको छ ।

दुई वर्षदेखि समितिमा रहेको सो विधेयक टुंगो लगाउन आज दिउँसो २ बजे समितिको बैठक बस्दै छ । बैठकअघि सहमति नभए प्रक्रियामा लगेर वैवाहिक अंगीकृतको विषय टुंगो लगाउन लागिएको हो ।

विधेयकमा अन्य विषयमा समितिमा सहमति जुटे पनि विदेशीको बुहारीको विषयमा विवाद थियो । सत्तारूढ दल नेकपाले वैवाहिक अंगीकृतको हकमा सात वर्षको प्रावधान राख्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित समाजवादी जनता दल नेपाल नागरिकता ऐन, ०६३कै व्यवस्थाको पक्षमा छन् ।

यसअघि सहमतिका लागि भन्दै पटक–पटक समय दिइए पनि वैवाहिक अंगीकृतको विषयमा सहमति जुट्न सकेको थिएन । समितिको आजको बैठकअघि सहमति जुटाउने प्रयास हुने र सहमति नभए प्रक्रियामा लगेर टुंगो लगाइने भएको छ । समिति सभापति शशि श्रेष्ठले आफू सहमतिकै पक्षमा रहेको र त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने बताएकी छन् । चालु संसदको अधिवेशनमै विधेयक पठाउनुपर्नेमा उनले जोड दिँदै आएकी छन् ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले वैवाहिक अंगीकृतबारे निर्णय गरेको थियो । “सचिवालय बैठकमा अहिले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको प्रावधानबारे छलफल भयो । जसअनुसार नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ,” नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, “त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।”

समितिमा सत्तारूढ नेकपाको बहुमत छ । समितिमा सभापति श्रेष्ठसहित नेकपाका १५, कांग्रेसका ६, जसपाका ४, नेमकिपाका एक र १ स्वतन्त्र सांसद छन् । स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि नेकपालाई समर्थन गरेका छन् । सत्तारूढ सांसदहरूको बहुमत भएकाले समितिबाट सो प्रस्ताव बहुमतले पारित हुने देखिन्छ । प्रक्रियामा गएर विधेयक पारित गरिए कांग्रेसले त्यसमा फरक मत लेख्ने कांग्रेसका एक सांसदले बताए ।

नेपाल नागरिकता ऐन ०६३ को दफा ५ को उपदफा १ मा विवाह गरेर आउने महिलालाई दिइने नागरिकताबारे व्यवस्था छ । जसमा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेस गर्नु पर्नेछ’ उल्लेख छ ।

समितिको मंगलबारको बैठकमा समिति सचिवालयले सात वर्षको प्रस्ताव प्रस्तुत गरेको छ । जसमा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने सक्ने’ व्यवस्था राखिएको छ ।

नेपाली नागरिकसँग विवाह गरेको सात वर्षपछि सरकारी अधिकारीसमक्ष निवेदन दिन पाउने र तबसम्मका लागि स्थायी बसोबास अनुमतिपत्र दिनुपर्ने पनि प्रस्तावमा उल्लेख छ । अनुमतिपत्रका आधारमा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न दिने प्रस्ताव गरिएको छ ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५