सिंगापुर पोलिस फोर्सका लाहुरेहरुद्धारा फेदाप अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
डि.जे वाम्बुले, फेदाप । गोर्खा कन्टिन्जेन्ट सिंगापुर पोलिस फोर्स सिंगापुरमा बहालवाला (नेपाली लाहुरे) हरुको आर्थिक सहयोगमा फेदाप अस्पताललाई नि.शुल्क स्वास्थ्य शुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । यही पौष -६ गते सोमवारका दिन गोर्खा वेयलफेयर कार्यालय तेह्रथुम, जिरिखिम्तीमा कार्यारत एरिया वेलफेयर अफिसर गोबिन्द कन्दङ्वाले फेदाप अस्पतालका मेडिकल अधिकृत डा. श्रीप्रसाद खनाल र वडा अध्यक्ष मन बहादुर श्रेष्ठलाई उक्त स्वास्थ सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
कोरोना भाइरस कोभिड- १९, को रोकथाम तथा प्रतिकार्यका लागी स्वास्थ्य शुरक्षाका समाग्री फेदाप अस्पतालको माग अनुशार उपलव्ध गराएको अफिसर कन्दङ्वाले बताउनु भयो ।
दुईलाख एकाउन्न हजार उन्सत्तरी रुपैया बराबरका स्वास्थ सामाग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको छ । इसिजी मेसिन, आइसोलेसन बेड, म्याट्रेस, मेडिकल गाउन, अक्सिमिटर, सर्जिकल पञ्जा, फेस शिल्ड, स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको कन्दङ्वाले जानकारी दिनुभयो ।
यस्तो सहयोग अरु तेह्रथुम जिल्लाको जिल्ला अस्पताल र आठराई गाउँपालिका अन्तर्गतको सक्रान्ती प्राथमिक स्वास्थ्य केद्रलाई पनि यस अधिनै हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।
स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष तथा फेदाप अस्पताल संचालन ब्यवस्थापन समितिका अध्यक्ष मन बहादुर श्रेष्ठले दाता गोर्खा कन्टिन्जेन्ट सिंगापुर पोलिस फोर्सका सहयोगी युवामनलाई धन्यवाद दिदै गोर्खा वेलफेयर अफिस जिरिखिम्तिका प्रमुख गोविन्द कन्दङ्वालाई दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
त्यस्तै फेदाप गाउँपालिका स्वास्य्य शाखा प्रमुख नरेन्द्र प्रसाद देवले स्वागत मन्तव्य राख्नु भएको थियो । फेदाप अस्पतालमा कार्यरत हेल्थ असिस्टेण्ट देउ कुमार राईका अनुशार कोरोना भाइरस कोभिड -१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को संकट छायको बेला फेदाप अस्पताले जनस्वास्थ्यका अति आवश्यकिय सामाग्री प्राप्त गरेकोमा दाताहरूलाई धन्यवाद दिनुभयो ।