धरान ।सुनसरी जिल्ला क्षेत्र नं १ मा अशोक राईद्वारा २०७४ काे निर्वाचनपछि गरिएका कामहरु गरुएको दाबि छ । जनता समाजवादि पार्टीले वर्तमान मंसिर ४ गते हुन गैरहेको निर्वाचनका प्रतिनिसभा उम्मेदवार अशोक राईले गरिएको कामको विवरण उपलब्ध गराएको छ । प्राय चुनाबमा उम्मेदवार बनेर जितेपछि वा हार भएपछि हराएर जान्छ भन्ने जनगुनासो छ । तर त्यो भ्रमलाई चिर्नको लागि जनता समाजवादि पार्टीले अशोक राईको निर्वाचन क्षेत्रमा केके गरिए भन्ने विवरणलाई पाठक सामु प्रस्तुत गरिएका छौ ।
राहत वितरणः
– रामधुनी नगरपालिका– ६ को पोखरीटोल, पुरानो बक्लौरी, टेडीटोल र ७ को चौसठी बगैचाटोल र बासभिटीमा कोरोना कालमा खाद्यन्न र न्यानो लुगा वितरण, २०७७ ।
– रामधुनी नगरपालिका–६ को बक्लौरी, पुरानो बक्लौरी, बहतरबिगा, पोखरीटोल, सरुना, बाउन्नआरडी र ७ को बगैचाटोल, बासभिटीमा बाढीपहिरोमा खाद्यन्न वितरण, २०७८ ।
– रामधुनी नगरपालिका–७ को कुमारखत र बासभिटीमा न्यानो लुगा वितरण, २०७७ ।
– धरान उपमहानगरपालिका– ५, ६, ८, ९, ११, १२ र १७ मा बाढीपीडितहरुलाई खाद्यन्न वितरण, २०७८ ।
– धरान उपमहानगरपालिका–४ र १९ मा कोरोना कालमा खाद्यन्न वितरण, २०७७ ।
– बराहक्षेत्र नगरपालिका वडा नं ३ बाङ्गे, नडाहा, इक्राइ, बिचपानी, हर्दिया, मिलन चोकमा कोरोनापीडित र बाढीपीडितलाई खाद्यन्न वितरण, २०७७ र २०७८ ।
– बराहक्षेत्र नगरपालिका–२ र ३ मा न्यानो कपडा वितरण, २०७७ ।
संरचना निर्माणः
(क) धरान उपमहानगरपालिकाः
– धरान उपमहानगरपालिका–१७ खैरेनीमा कल्भर्ट निर्माण, २०७८/०७९ ।
– धरान उपमहानगरपालिका–१७ इन्द्रेणी मार्गमा सडक स्तारेन्नती, २०७५/०७६ ।
– धरान उपमहानगरपालिका–१५ त्रिवेणी मार्गमा कालोपत्रे निर्माण, २०७५/०७६ ।
– धरान उपमहानगरपालिका–१५ विकास मार्गको स्तरोन्नती, २०७८/०८९ ।
– धरान उपमहानगरपालिका–२० खैरे खोलामा झोलुङ्गे पुल निर्माणको डिपिआर तयार, २०७९ ।
– धरान उपमहानगरपालिका वडा नं ६ को सेउती नदीको कटान रोक्न तटबन्धन योजना, २०७९ ।
(ख) रामधुनी नगरपालिकाः
– रामधुनी नगरपालिका–६ भरौलमा १५ बेडको प्राथमिक अस्पताल निर्माणको पहल, २०७५ ।
– रामधुनी नगरपालिका–६ पञ्चायत निमावीदेखि पोखरीटोलसम्म ड्रेन निर्माण, २०७५ देखि २०७७ सम्म ।
(ग) बराहक्षेत्र नगरपालिकाः
– बराहक्षेत्र नगरपालिका–२ बयरवन सिंहदेवी ठाडो लाइनमा ड्रेन निर्माण, २०७५/०७६ ।
– बराहक्षेत्र नगरपालिका–२ मा किरात धर्म संघको माङखिम निर्माण, २०७९/०८० ।
– बराहक्षेत्र नगरपालिका–२ किरात धर्म संघमा साकेला/साकेन्वा, उभौली–उधौली कार्यक्रममा विश्रामस्थल निर्माण, २०७८ ।
– बराहक्षेत्र नगरपालिका–१ दुर्वासाघाट सप्तकोसीमा झोलुङ्गे पुल निर्माण प्रक्रिया प्रारम्भ, २०७९/०८० ।
– बराहक्षेत्र नगरपालिका–१ सुर्यकुण्ड प्राथमिक विद्यालयमा आधुनिक पक्की चर्पी निर्माण, २०७५ ।
विविध कार्यहरुः
– बराहक्षेत्र नगरपालिका–१ मा किरात संस्कृति संरक्षणका लागि ढोल झ्याम्टा वितरण, २०७६ ।
– रामधुनी नगरपालिकामा प्रदेश सभासद मा. राधा थापाको निर्वाचन क्षेत्र विकास कोषबाट सिप विकास तालिम २०७८ ।